२ श्रावण २०८३, शनिबार

प्रहरी चौकी सदरमुकाम सिमकोट फर्किए

एसीपी संवाददाता

२७ कार्तिक २०७७, बिहीबार ०३:३८ मा प्रकाशित

सीमा सुरक्षाका लागि खटिएको हिमालपारिको गाउँ लिमीको सुनखानीमा रहेको प्रहरी चौकी सदरमुकाम सिमकोट फर्किएको छ ।  चिसो बढेसँगै चौकी बस्न नसस्ने भएपछि प्रहरी चौकी जिल्ला सदरमुकाम सिमकोट फिर्ता भएको हो ।

बर्सेनि जेठ महिनामा सीमा सुरक्षा प्रहरी चौकी नाम्खा गाउँपालिका– ६ लिमीको सुनखानी बस्ने गरे पनि चिसो सुरु भएसँगै जिल्ला फिर्ता भएको  जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सीताराम विष्टले जानकारी दिए । जिल्ला फर्किएको प्रहरी चौकी जेठ महिनामा मात्रै सुनखानी फर्किने प्रहरी निरीक्षक विष्टले बताए ।

चिसो बढेको र हिमपातपछि फिर्ता आउन कठिन हुने भएकाले सीमा सुरक्षामा खटिएको प्रहरी चौकी मौसम सफा हुँदै जिल्ला फिर्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रहरी चौकीबाट सीमा क्षेत्र टाढा भएकाले सहजै रूपमा गस्ती जानसमेत नसक्ने नाम्खा गाउँपालिका– ६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए । लिमीमा खासै कुनै घटना नघट्ने भएकाले पनि प्रहरी नभए पनि गाउँमै समस्या समाधान हुने गरेको वडाध्यक्ष तामाङको भनाइ छ ।

सुनखानी प्रहरी चौकीभन्दा बस्ती एक घन्टा टाढाको दूरीमा रहेको प्रहरी चौकी भवन खाली भएको छ । प्रहरी नायब निरीक्षकको नेतृत्वमा २३ जना प्रहरी दरबन्दी भए पनि सातजना प्रहरी यस वर्ष चौकी पुगेका थिए । साभार नयाँपत्रिका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x