१२ कार्तिक २०८३, बुधबार
प्रेस संगठनका संयोजक धिताल भारतमा सम्मानित
बाँके । प्रेस संगठन नेपाल बाँकेका संयोजक डक्ट प्रसाद धिताल भारतमा सम्मानित हुनुभएको छ । आज मेरठ पत्रकार महासंघ र भाजपा उत्तरप्रदेशले धिताललाई स्वागत गर्दै फुलमाला सहित उच्च सम्मान ब्यक्त गरेको हो ।
भारतको संघीय राजधानी दिल्ली सँग जोडिएको जिल्ला मेरठ स्थित भाजपाको प्रदेश कार्यालयमा प्रदेश राष्ट्रिय अध्यक्ष सोनु प्रधान, टिम मोदी युथब्रीगेडका पदाधिकारी, भारतीय बरिष्ठ पत्रकार बेन्ठी भैया लगायतका ब्यक्तित्वहरु सँग भेटघाट भएको धितालले बताउनुभयो ।
सिमा, लागुऔषध, मानव बेचविखन जस्ता सवालमा दुई देशका पत्रकारहरुको सम्मेलन आयोजना गर्ने बिषयमा पनि कुराकानी भएको धितालले बताउनुभयो । यूथटुडे
Subscribe
Login
0 Comments


