१४ कार्तिक २०८३, शुक्रबार

बमकाण्डमा पूर्वमन्त्री मोहमद अफताब आलमका भाई पक्राउ

एसीपी संवाददाता

२२ मंसिर २०७७, सोमबार ०३:४४ मा प्रकाशित

रौतहटको राजपुर बमकाण्डका आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताफ पक्राउ परेका छन् ।

भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारी जिल्लाबाट उनलाई पक्राउ गरेर रौतहटतर्फ ल्याइएको प्रहरी स्रोतले बतायो ।

२७ चैत ०६४ मा चुनावका वेला आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको थियो । त्यसमा घाइते २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अक्तरलाई जिउँदै इटाभट्टामा जलाएको आरोप छ ।

अफताब आलम गत वर्ष २६ असोजमा पक्राउ परेका थिए । तत्कालीन एसपी भुपेन्द्र खत्रीले उनलाई राजपुर फरहदवास्थित निजी निवासबाट पक्राउ गर्न सफल भएका थिए ।

आलम हाल नख्खु कारागारमा जेल सजाय भुक्तान गरिरहेका छन् । अनलाइन बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] बमकाण्डमा पूर्वमन्त्री मोहमद अफताब आ… […]

1
0
Would love your thoughts, please comment.x
()
x