बर्दियाको बढैयाताल गाउँ पालिका ७ मा रहेको प्राचीन शिव मन्दिरमा सरसफाइ कार्यक्रम
आज बर्दियाको बढैयाताल गाउँ पालिका ७ मा रहेको प्राचीन शिव मन्दिरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । नुभा फाउन्डेसन काठमाडौंको आयोजनामा गरिएको सरसफाइ कार्यक्रमले आमजनमानस तथा खासगरि युवाहरूमा प्राचीन शिव मन्दिर प्रति थप आस्थावान हुने आशा गरिएको हो । सरसफाइ कार्यक्रममा स्थानीय क्लब र स्थानीयबासीहरु उत्साह पुर्बक सहयोग गरेका थिए । सरसफाइ कार्यक्रमले आमनागरिकमा जनचेतना हुने आशा गरेको फाउन्डेसनले जनाएको हो । हामी यो अभियानलाई अन्य स्थानमा समेत निरन्तरता दिने आयोजकले जनाएको छ । कार्यक्रममा बोल्दै नुभा फाउन्डेसन का अध्यक्ष लक्ष्मी थारूले आउने दिनहरुमा स्थानीय क्लबहरुको सहयोग मठ , मन्दिर र विभिन्न धार्मिक स्थलहरुमा सरसफाइ अभियानलाई निरन्तरता दिदै जाने प्रतिबद्धता व्यक्त गर्नु भयो । आज सम्पन्न सरसफाइ कार्यक्रममा नुभा फाउन्डेसन काठमाडौंको आयोजना र सहकार्य बढैयाताल ७ मा रहेको गोचाली युवा क्लब गरेको थियो भने स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेकोे थियोे ।



