राजनीतिको यो यात्रामा उनले झण्डै ४० वर्ष लामो अनुभव संगालेका छन् । ‘जीवन नै देश र जनताकोलागि रजानीतिमा सर्मपर्ण गरेको मान्छे हुँ म । त्यसैले जनताप्रतिको उत्तरदायित्व र जिम्मेवारी बोक्न मेरो काँध कहिल्यैपनि थाकेन र थाक्नेपनि छैन ।’ २६ वर्ष लाग्दै गर्दा निर्वाचनमा होमिएका कुर्मीले राजनीतिको फोहोरी र सफा दुबै प्रकारको खेललाई नजिकैबाट नियालेका छन् ।
जीवन नै जनताको नाममा समपर्ण गरेको दाबि गर्ने कुर्मीको भनाई अनुसार यो निर्वाचनमा उमेदवार बन्नु उनको अधिकार हो भने उनलाई जिताउने जनताको कर्तव्य र दायित्व दुुबै हो । राजनीतिमा सुन्तुष्ट हुन जान्नुु पर्छ भन्ने मान्यता बोकेका बादशाहलाई कुन कुराले असन्तुष्ट बनाएर यो निर्वाचनमा प्रतिपक्षहरुसंग भिड्दैछन् त ? उनलाई जनताले किन र केकालागि जिताउने ? जनताको मन जित्ने चुनावी एजेण्डा के छ ? हिमालय न्यूज हबसंग गरिएका कुराकानीका केही अंश………..
६० काटी सक्नु भएको रहेछ, यो उमेरमा पनि निर्वाचनमा उमेदवार भएर अभियानमा दौडादौडी गरिरहनु भएको छ । थकान त लाग्छ होला नि ?
सबैले यही प्रश्न गर्नु हुन्छ । तर ममा आजपनि उस्तै जोश, जाँगर र ऊर्जा छ जुन मेरो राजनीतिको शूरुवातिमा हुने गर्दथ्यो । थकानको त कुनै महसुस नै छैन । अझैं पहिला भन्दा हिजोआज अझैं म आफुलाई ऊर्जाशील मान्दछु । किनभने राजनीतिको शूरुवाति दिनहरुमा म सिक्दै, बुझ्दै र कार्यान्वयन गर्ने प्रयासमा उत्रिएको हुन्थें । हिजोआज राजनीतिक अनुभवले पनि कसरी विकास गर्ने ? कुन ठाउँमा विकासलाई कस्तो गतिमा अगाडी बढाउने ? लगाएतका विषयहरुमा राम्रै ज्ञान हासिल गरेको हुनाले पनि नेता भएको नाताले जनताप्रतिको मेरो दायित्व पुरा गर्नलाई मेरो ऊर्जामा प्लस पोईन्ट थपिएको महसुस गरेको छु ।
राजनीतिमा तपाईँको अनुुभव पाको छ । यो त वर्षौंदेखिको मेहेनत नै हो नि ? फल कति फलाउन सफल भएँ जस्तो लाग्छ ?
फल नफलाएको भए म आज फेरी भोट माग्दै जनताको घरदैलोमा हिंडिरहेको हुने थिएन । राजनीतिमा धेरै मै हुँ भन्ने नेताहरु जन्मिए पनि पलाएन भएपनि । तर म त विगत ४० वर्षदेखि नै स्थिर छु । यस्लाई म फल फलेको नै मान्दछु । मलाई मेरो जनताले असाध्य नै माया दिनु भएको छ । बरु बेलाबेला मलाई उहाँहरुको निम्ति चाहे जसरी गर्न नसकेको भान हुने गर्दछ । म आफुलाई नेता नभई जनताको सेवकको रुपमा स्वीकार्न मन रुचाउँछु । त्यसैले म उहाँको सेवामा २४ घण्टा नै समर्पित भई रहेको हुन्छु । चुनावको बेला मात्र नभएर अरु बेलापनि बिहान ५ बजे उठेर राति एघार अथवा साढे एघार बजे सुत्ने मान्छे म जनताकै सेवामा खटि रहेको हुन्छु ।
तपाईँ त प्रधानपञ्च भई सकेको नेता पनि हो । त्यो बेलादेखि अहिलेसम्म राजनीति गरिरहंदा आफैलाई सन्तुष्टि लाग्ने काम के गरें जस्तो लाग्छ ?
धेरै छन् तर मलाई भन्न मन लाग्ने र सधैं आफैलाई पनि आत्मामा सन्तुष्टी लाग्ने भनेको विकासको विषय हो । गणेशमान चोकदेखि परसपुरसम्म आउन निकै नै सकस हुन्थ्यो । बेमौसमी पानी पर्दापनि यो बाटोमा आवत जावत गर्न निकै नै सास्ति हुन्थ्यो । वर्षाको त के कुरा गर्नु र ? खेतको आलीबाट हिंड्डुल गरिन्थ्यो । हिलोमा चोबलिंदै हिंड्नै पर्ने बाध्यकारी अवस्था थियो । तर विस्तारै बाटो फराकिलो बनाईयो । ग्राविल बनाईयो र म गाविस अध्यक्ष हुँदा यो बाटोको मुहार पुर्ण रुपले फेरिदिएँ । अहिले नेपालगञ्जको सबैभन्दा फराकिलो, गुणस्तरीय र चिल्लो पक्कि बाटोमा पर्छ यो बाटो । अहिले परसपुर ग्रीन सिटीको रुपमा विकास हुँदै गई रहेको छ ।
जब म ०६४ सालदेखि यता संविधान सभा सदस्य भएदेखि जतिपनि वडा हाम्रो क्षेत्रमा पर्दछ ती सबैलाई नगरसंग लिंक जोडेर पिचबाटो बनाईदिएँ, स्कूल बनाएँ । म वडा हुँदै गाविसमा र गाविस हुँदै क्षेत्र र जिल्ला गर्दै केन्द्रसम्मकै राजनीति गर्न थालेदेखि बाँकेको होलिया, बेतहनी, बालेगाउँदेखि हिर्मीनिया हुँदै अन्य भित्री बाटो सबै मैले नै बनाएको हो । पहिला ती बाटाहरुमा हिंड्न पनि जनतलाई सास्ति हुन्थ्यो भने अहिले त्यही बाटोहरु कालोपत्रे भई सकेपछि त्याहाँका उत्पादनले बजार भाऊ सहजै भेट्न थालेका छन् । जस्को प्रत्यक्ष लाभ किसानलाई भई रहेको छ । यस्ता थुप्रै कुराहरु छन् जहाँ मेरो मन एकदमै सन्तुष्ट हुन्छ । यो लेख हिमालयन्युजहब
तपाईँहरुको अहिलेको गठबन्धनमा असन्तुष्ट पक्षहरु पनि छन्, उनीहरुबाट निर्वाचन निष्पक्ष हुन्छ भन्नेमा कत्तिको आशाबादी हुुनुहुन्छ ?
यो निर्वाचनमा आन्तरिक घात हुन्छ कि भनेर आंकल या आशंका धेरैले गरेका छन् । तर ती सबै व्यर्थकै हुन् भन्छु म त । किनभने लोकतन्त्रको सुन्दर पाटो भनेकै असन्तुष्ट बन्न पाउनु, मनमा लागेका कुराहरु अभिव्यक्त गर्न पाउनु, एकअर्कालाई घोंचपेचदेखि बोली बाराबार गर्न पाउनु लगाएतका सबै कुराहरु पर्दछन् । गठबन्धनमा असन्तुष्ट नेता तथा कार्यकर्ता नभएका होईनन् । तर जतिजति निर्वाचन नजिकन्छ त्यतित्यति तिनीहरुले सबै पार्टीको विधी र विधानलाई पच्याउन बाध्य हुन्छन् । दलीय व्यवस्थामा पार्टी भन्दा माथी कोहीपनि हुनै सक्दैन । न म असन्तुष्ट पक्ष, नत अरु नै ।
निर्मला कुुर्मीको घटनालाई जोडेर तपाईँलाई अपराधि करार गर्ने प्रयास गरिएको छ । यो विषयले तपाईँको जीतलाई धक्का पुग्ने सम्भावना देख्नु हुन्छ ?
देख्दिन किन देख्दिन भन्नु हुन्छ भने, जस्ले मलाई अपराधि करार गर्ने कोसिस्मा लागि रहेका छन् उनीहरुले आजको दिनसम्म एक पटकपनि मसंग प्रत्यक्ष भेटेर घटनाको बारेमा जान्ने प्रयास गरेका छैनन् । जो मेरै छिमेकी पनि हुन् । कसैले मेरो नाम लिदैंमा म विरुद्ध जोहेरी दियो भन्दैमा म अपराधि कसरी हुन्छु र ?
यो कुरा त अधिकार कर्मीका नाममा कालो धन कमाउन खोज्दैछन् भनेर के जनताले बुुझेका छैनन् र ? मलाई जुुन आरोपमा मुछिएको छ के साँच्चै मैले त्यो अपराध गरेको भए आज मैले सजाय पाई रहेको हुन्थे होला नि ? हैन त ? यो विषयमा मैले स्पष्टिकरण दिईरहनु भन्दा जनताले मेरो र मलाई आरोपी बनाउन चाहाने जमातको नियतलाई छर्लंगै बुझ्नु भएको छ । त्यस कारण यो विषयले मेरो जीतलाई धक्का पुग्ने १ प्रतिशत पनि सम्भावना देख्दिन म ।


