१ श्रावण २०८३, शुक्रबार

बाराका पत्रकार वीरेन्द्र साहका हत्याका अभियुक्त हरेराम

एसीपी संवाददाता

२६ भाद्र २०७७, शुक्रबार ०८:३६ मा प्रकाशित

पत्रकार साहको २०६४ असोज १८ मा तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताले बाराको पिपरा बजारबाट अपहरण गरी हत्या गरेका थिए ।

बाराको साविक तेलकुवाँ गाविस-४ हाल महागढीमाई नगरपालिका-२ का ४७ वर्षीय पटेल तत्कालीन माओवादीका वाईसिएल ईन्चार्ज थिए । हाल उनी मोहन वैद्यले नेतृत्व गरेका नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य र सोही पार्टीअन्तर्गतका क्रान्ति मधेसी मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएको प्रहरी उपरीक्षक पंगेनीले बताए ।

सात महिनाअघि पत्रकार साहकै हत्याका अर्का अभियुक्त कुन्दन फौजदार पक्राउ परेका थिए । मुख्य योजनाकार लालबहादुर चौधरी अझै फरार छन् । सात महिनाको फरकमा पटेल र फौजदार पक्राउ परेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x