बैठक अघि रास्ट्रपतिलाई किन भेट्न् पुगे प्रधानमन्त्री ओलि
बिहिवार स्थागित भएको नेकपा बैठक आज पुनः मन्त्रिपरिषद्को बैठक बस्नुअघि प्रधानमन्त्री केपि शर्मा ओली राष्ट्रपति निवासमा पुगि दुई घण्टा गहन छलफल भएको श्रोतले जनाएको छ ।
नेकपाको विवाद र सचिवालयमा एक्लिँदै गएसंगै ओलीले कुनै बोल्ड निर्णय लिने तरखर रहेको एक जना श्रोतले बताएको छ ।
रामशरण बजागाईंले प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेतवार्ता नियमित प्रकृतिको भएको बताए पनि बाहिर आ आफ्न तरिकाले अनुमान गरि रहेका छन । प्रत्येक साता प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेट्ने गर्नु भएको छ। त्यसै क्रममा आज भेट भएको हो’, सञ्चारविज्ञ बजगाईंले भने, ‘ राष्ट्रपतिलाई भेट्नका लागि प्रधानमन्त्री ओली साढे १० बजे शीतलनिवास जानुभएको थियो।’
यद्यपि प्रधानमन्त्री कार्यालयले भेटलाई नियमित भनेपनि कुनै बोल्ड निर्णयको आकलन गर्न थालीएको छ ।
शीतलनिवासका एक अधिकारीले भने, ‘प्रधानमन्त्रीमा हडबडाहट र गम्भीरता देखिएको बताउछन ।’ बेला बेलामा शीतलनिवास पार्टीभित्रको किचलो मिलाउन लागिपरेको भन्दै आलोचना समेत खेपिरहेको छ । पार्टी विभाजन सम्बन्धी अध्यादेशले विवादमा आएका ओली सचिवालयमा एक्लिँदै गएसंगैकाे याे भेटलाइ महत्वका साथ हेरीएकाे छ ।


