२० श्रावण २०८३, बुधबार

भारत उत्कृष्ट बजार बनेको भन्दै चीन छोडेर भारत आई फोन १४ को उत्पादन शुरु

एसीपी संवाददाता

१४ आश्विन २०७९, शुक्रबार ०९:२९ मा प्रकाशित

अमेरिका चीनबीचको व्यापारिक खिचातानीबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एपलले भारतमा आइफोन १४ बनाउन थालेको बताएको छ। चीनबाट आफ्नो आपूर्तिको सञ्जालबाहिर लान खोजिरहेको समाचारबीच एपलले आइफोन १४ बनाउन थालेको हो।

चीनमा लागू गरिएको ‘शून्य कोभिड’ नीतिका कारण व्यापक लकडाउन हुँदा महामारीका वेला व्यापार पनि नराम्ररी प्रभावित भएको कारण देखाउँदै एपलले आफ्ना नयाँ संस्करणहरूलाई विकेन्द्रित गर्न थालेको विश्लेषकहरूले अनुमान गरेका छन्। एपलले केही साताअघि आइफोनको नयाँ संस्करण बजारमा ल्याएको थियो।  नयाँ आईफोन १४ मा नवीनतम् प्रविधिहरू र महत्वपूर्ण सुरक्षा क्षमता छन्। हामी भारतमा आइफोन १४ उत्पादन गर्न उत्साहित छौँ,’ एपलले हालै जारी गरेको एक विज्ञप्तिमा भनिएको छ। ताइवानमा रहेको फक्सकन कम्पनीले एपलका अधिकांश फोनहरू निर्माण गर्दै आएको छ। उक्त कम्पनीले दक्षिण भारतको तमिलनाडुमा सन् २०१७ देखि आइफोनका पुराना संस्करण बनाउँदै आएको र आइफोन १४ भारतमै बनाउन थालेको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x