१२ कार्तिक २०८३, बुधबार

मधेसीनेता सत्तामा जान तछार मछार गर्दै

एसीपी संवाददाता

१४ फाल्गुन २०७७, शुक्रबार ०६:१५ मा प्रकाशित

काठमाडौं, १४ फागुन । उपेन्द्र यादव, महन्थ ठाकुरसहितका मधेस केन्द्रित दलका नेताहरूले राजनीतिक अस्थिरताको फाइदा उठान शुरु गरेका छन् ।

उपेन्द्र–महन्थले संविधान संशोधन र रेशमलाल चौधरीको रिहाइ माग गरेका छन् । नेकपाभित्रको विवादले राजनीति तरल बनेका बेला उपेन्द्र–महन्थले यस्ता उट्पट्याङ माग राखेका हुन् ।

प्रचण्ड–माधव समूहसँग राजेन्द्र श्रेष्ठले संविधान र रेशमलाल चौधरीको रिहाइको माग गरिएको बताएका छन् ।

प्रचण्ड–माधवसँग उपेन्द्र–महन्थले पार्टी विभाजनको पनि सर्टिफिकेट मागेका छन् ।

मुलुकमा राजनीतिक अस्थिरता भएका बेला उपेन्द्र–महन्थहरूले संविधान संशोधनको विषयलाई उठाउने गरेका छन् । सरकारमा सहभागी भएर बाहिरिएका उपेन्द्रले कहिल्यै पनि संविधान संशोधनको माग उठाएनन् ।

सरकार बाहिर आउनेवित्तिकै संविधान संशोधनका नाममा सरकारमा पुगेर हालिमुहाली गर्ने योजनामा सधैँ रहने गरेको आरोप छ ।

यस पटक पनि उपेन्द्र यादव सरकारमा हालिमुहाली गर्ने योजनामा छन् । उपेन्द्रले केपी ओलीसँग भन्दा आफूलाई प्रचण्ड–माधव समूहतिर निकट बनाएका छन् । दैनिक नेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x