६ कार्तिक २०८१, मंगलवार

  म  रबी लामिछानेको समर्थक होईन तर आमजनमानस मा एउटा प्रश्न ?

एसीपी संवाददाता

६ कार्तिक २०८१, मंगलवार ०९:४७ मा प्रकाशित

ललित रौनियार –  म  रबी लामिछानेको समर्थक होईन तर आमजनमानस मा एउटा प्रश्न जबरदस्त ढंगले उठिरहेको छ। सहकारी घोटाला सानोतिनो घोटाला होईन यसमा स्रोत नखुलेको अर्बौ को लगानी छ।लगानी गर्नेहरु र यसका संचालकहरु सबै उच्च पदस्थ नेता र अवकाश प्राप्त कर्मचारीहरु र तिनका आसेपासेहरु छन। ठग्गिने आम सर्ब साधारण जनता छन।
यदि निष्पक्ष छानबिन हुने हो भने यो खर्बौमा पुग्छ र यसमा तमाम नेता, उनिहरुका परिवार र उनिहरुका मतियारहरु तानिन्छन र यसमा सबै दल शामेल छन।यदि छानबिन गर्ने नै हो भने रबी लामिछानेलाई मात्रै किन ? सबैको छानबिन किन गरिएन ?
त्यसकारण यहा चोखो कोई छैन सबै छानबिन राजनिति प्रेरित हुन्छ। हिजो रबी हुंदा पनि त्यहि गरेका हुन र आज उनी संग पनि तेहि हुंदैछ।नेपालमा कुनैपनि छानबिनको टुंगो लागेको ईतिहास न्युन नै छ।यसको अवस्था बिगतको जस्तो नहोस, आरोपित सबैको छानबिन होस र पिडित गरीब नेपालीहरुले न्याय पाउन त्यसको लागि गेरखा जान नपरोस।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x