१३ कार्तिक २०८३, बिहीबार

युवा संघ नेपालले साइबर सेनाको युनिट निर्माण गर्ने

एसीपी संवाददाता

९ फाल्गुन २०७७, आईतवार ०२:०४ मा प्रकाशित

राष्ट्रिय युवा संघ नेपालले संगठनभित्र साइबर सेनाको युनिट निर्माण गर्ने भएको छ ।

माघ २५ र २६ गते काठमाडौमा बसेको दोश्रो केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष बचन बहादुर सिंहले संगठनभित्र साइबर सेनाको युनिट निर्माण जानकारी दिनुभएको हो । साइबर सेना प्रत्येक तहको कमिटी प्रणालीमा निर्माण गरिने उहाले बताउनुभयो ।

उहाले उक्त युनिटले संगठनको आचारसंहितभित्र रही काम गर्ने बताउनुभयो । बौद्धिक अराकताबादीहरुले मुलुकको मार्गचित्रलाई भ्रमित गर्ने कार्य गरेकाले साइबर सेनाको युनिटले त्यसलाई निगरानी गर्ने उहाले बताउनुभयो । सामाजिक सञ्जललाई दुरुपयोग गरेर व्यक्तिगत चरित्र हत्या गर्ने काम भएकाले त्यसलाई दुरुत्साहन गर्न पनि युनिट स्थापना गर्न लागिएको बताउनुभयो ।

त्यस्तै उहाले संगठनभित्रको कार्यबिभाजनमा एकलौटी र एकपक्षिय नरहेको दावी गर्नुभयो । बैठकले नेकपाका नेताहरुलाई जिताउन संक्रिय ढंगले लाग्ने निर्णय गरेको जानकारी दिनुभयो ।

संगठनले चैत्र मसान्त भित्र ७७ जिल्ला , सवै संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, सवै स्थानीय तह देखि वडा कमिटी गठन गर्ने निर्णय गरेको छ । त्यस्तै चैत्र मसान्त भित्र ५ लाख सदस्यता बितरण गर्ने अध्यक्ष सिंहले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x