१३ कार्तिक २०८३, बिहीबार

यो जन्मदिन अनौठो भयो

एसीपी संवाददाता

११ फाल्गुन २०७७, मंगलवार १४:२५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिश गरी गत पुस ५ गते विघटन गरेको संसद आज प्रधानन्यायधिश चोलेन्द्र शमशेर राणासहित ५ जना न्यायमूर्ति संलग्न संवैधानिक इजलाशले बदर गर्दै, विघठित संसद पुनर्स्थापना गरिदिएको छ। आज आफ्नो ७० औँ जन्मोत्सव मनाइरहेका प्रम ओलीका लागि यो निर्णय जन्मोत्सवको केकमा लागेको दाँतै भाँच्ने जब्बर ढुंगा भएको छ।

प्रधामन्त्री ओलीले राष्ट्रपति संगको मिलेमोतोमा जुनसुकै निर्णय लिन र लागू गर्न सकिन्छ भन्ने सोच पालेका मात्र थिएनन् उनमा कसैलाई नटेर्ने र आँफूखुशी चल्ने मनोवृत्ति हाबी हुँदै आएको थियो। आफ्नै पार्टीमा पनि आफ्नो साँगूरो गुट र प्रशंसक वृत्तमा मात्र रमाउने ओलीको स्वभाव र कार्यशैलिले सत्तारूढ पार्टी भित्रको कलहको आगो दन्काएर विभाजनको ध्वंशमा ल्याइपुर्‍याएको थियो।

प्रम ओलीको यो मनमौजी रवाफमा आजको सर्वोच्चको निर्णयले ठूलो धक्का दिएको छ। नेपालदिप

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x