राजधानीमा डन’माथि प्रहरीको निगरानी कडा
राजधानीमा रहेका नयाँ-पुराना ‘डन’माथि प्रहरीले निगरानी बढाएको छ।
यसक्रममा ‘डन’ चक्रे मिलन उर्फ मिलन गुरुङ प्रहरी खानतलासीमा परेका छन्। मिलनलाई महानगरीय प्रहरी परिसर काठमाडौं मातहत सिंहदरबारको टोलीले भद्रकालीमा खानतलासी गरेको हो।
शुक्रबार भद्रकालीअगाडिको चेकप्वाइन्टमा मिलन चढेको कार प्रहरीले रोकेर तलासी लिएको हो। तलासी लिँदा केही फेला नपरेपछि मिलनलाई प्रहरीले छोडेको थियो।
‘डन’हरूको गतिविधिमा निष्कृय रहेको प्रहरी काठमाडौंमा एसएसपी परिवर्तनलगत्तै सक्रिय देखिएको हो।
sanima box ad 4bidh lab box ad 5
मिलन राजधानीमा कहलिएका पुराना ‘डन’ हुन्। कुनै बेला मिलन र दीपक मनाङेको काठमाडौंको अपराधमा प्रतिस्पर्धा थियो।
मनाङे अहिले सांसद भइसकेका छन् भने मिलनको सक्रियता बाहिर देखिँदैन।
महानगरीय प्रहरी परिसर काठमाडौंमा भर्खरैमात्र अशोक सिंह नयाँ एसएसपी आएका थिए। गत सोमबार हाजिर भएका सिंहले काठमाडौंमा सक्रिय नयाँ-पुराना सबै ‘डन’ प्रहरी निगरानीमा रहेको बताए।
‘चक्रेमात्र हैन, काठमाडौंका सबै पुराना-नयाँ डनहरू प्रहरी निगरानीमा छन्,’ सिंहले भने, ‘गुण्डागर्दीविरूद्धको अपरेसनमा जोकोही पनि खानतलासीमा पर्छन्।’
ncell in
सिंहले काठमाडौंको सुरक्षा चुनौतीको रूपमा ‘डन’हरू पनि रहेकाले उनीहरूका गतिविधिमा प्रहरी चनाखो रहेको बताए। सिंहले प्रहरीले डनहरूको सूची तयार पारिरहेको बताए।
‘हामी नयाँ-पुराना सबै डनको गतिविधिलाई अनुसन्धान र निगरानी गरिरहेका छौं, अनुसन्धान सकिएपछि डनहरूको प्रकार छुट्याएर सूची तयार पार्छौं,’ सिंहले भने, ‘त्यसपछि उनीहरू कसले कुन अपराध गरिरहेको छ, आक्रामक रूपमा कारबाही गर्छौं।’
सिंहले काठमाडौंमा सक्रिय पुराना ‘डन’हरू कतिपय राजनीतिज्ञ भइसकेको र राजनीतिक आवरणमा रहेर अपराध गरिरहेको बताए।
‘आफूलाई सुध्रियौं भन्ने तर भित्र-भित्र आपराधिक गतिविधि गर्ने डन को कस्तो अपराधमा संलग्न छन् अध्ययन गरिरहेको छु,’ सिंहले भने।
चर्चा बटुल्न नभएर राजधानीको शान्ति सुरक्षा कायम गर्न ‘डन’हरूमाथि कारबाही थालिएको सिंहले दाबी गरे। सेतोपाटि बाट


