२८ आश्विन २०८३, बुधबार

राजा आऊ देश बचाऊ’ भन्दै माइतीघरमा प्रदर्शन

एसीपी संवाददाता

९ फाल्गुन २०७७, आईतवार ०४:१० मा प्रकाशित

राजसंस्था र हिन्दुराष्ट्र नेपाल पुनःस्थापनाका लागि भन्दै शनिबार काठमाडौंमा प्रदर्शन भएको छ ।

’राजा आऊ देश बचाऊ’ भन्दै माइतीघरमा जनताको पार्टी नेपालको नेतृत्वमा प्रर्दशन भएको हो ।  देशलाई सङ्क्रमणकालीन अवस्थाबाट मुक्त गर्न पनि राजाको आवश्यकता देखिएको भन्दै प्रदर्शनकारीहरु नेपालको झण्डासहित प्रदर्शनमा उत्रेका थिए । नेपाल आफूहरूको पुर्खा राजाले आर्जेको देश भएको र अहिलेका नेताहरूले देश र जनतालाई झुक्याउने मात्रै काम गरेको भन्दै राजसंस्थाको बिकल्प नभएको उनीहरुको भनाई छ ।

नेपाल आफूहरूको पुर्खा राजाले आर्जेको देश भएको र अहिलेका नेताहरूले देश र जनतालाई झुक्याउने मात्रै काम गरेको भन्दै राजसंस्थाको बिकल्प नभएको उनीहरुको भनाई छ ।

प्रदर्शनमा सहभागीहरुले  ’हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ’राजा आऊ देश बचाऊ’ लगायतका नारा लगाएका थिए । काठमाडौंको माइतिघरबाट सुरु भएको प्रदर्शनसहितको र्याली बानेश्वर पुगेर समापन भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x