३ श्रावण २०८३, आईतवार

राजा समर्थक अगुवाहरुको पछाडी ठूलो संख्यामा सूराकी परिचालन

एसीपी संवाददाता

१६ मंसिर २०७७, मंगलवार १६:२७ मा प्रकाशित

दिनँहु राजा समर्थकहरुले देशव्यापी आन्दोलन गर्न थाले पछि अत्तालिएको सरकारले आन्दोलनका अगुवाहरुलाई घेर्न गुप्तचरहरु खटाएको छ। संघिय गणतान्त्रिक व्यवस्था नै धरमर पर्ने खतरा देखिएपछि सरकारले राजा समर्थक अगुवाहरुको पछाडी ठूलो संख्यामा सूराकी परिचलन गरेको बताइन्छ।

राजावादीहरुको सम्भावित प्रदर्शन र गतिविधि नियन्त्रण गर्ने भन्दै गृह मन्त्रायल अन्तर्गत रहेको नेपाल प्रहरीका सुराकी र प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको राअवीका सुराकीहरु खटाइएका छन्। विश्वसनीय स्रोतका अनुसार विश्व हिन्दु महासंघ, शिव सेना नेपाल, राष्ट्रिय शक्ति नेपाल, राष्ट्रिय गोरक्ष जागरण, मातृभुमिको लागी नेपाली, वीर गोर्खाली ए टि एफ, शाही शक्ति नेपाल, शाही युवा शक्ति नेपाल, राष्ट्रिय एकता परिषद, पुर्बी सुरक्षाकर्मी परिषद, राष्ट्रवादी केन्द्र, नेपालको लागी नेपाली, नेपाल नागरिक अभियान, विश्व हिन्दु युवा संघ लगायतका संगठनहरुको नेतृत्वपंक्तीमा रहेका अगुवाहरुको पछाडी ठूलो संख्यामा सादा पोशाकका सुरक्षाकर्मीहरु खटिएका छन्।

राजावादी गतिविधिलाई विप्लवलाई जसरी प्रतिवन्ध लगाउन नमिल्ने भएकोले पनि सुराकीहरुले घेरावन्दी गर्न लागिएको बताइएको छ।गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले यसरी नै संगठित भएर लागेको खण्डमा राजा समर्थकहरुको आन्दोलन अनियन्त्रित हुने भन्दै सुरक्षा निकायहरुलाई सतर्क रहन निर्देशन दिएको पनि स्रोतले बताएको छ।

यस्तै मंगलवार नै काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पनि राजाको समर्थनमा हुने आन्दोलनलाई लक्षित गर्दै काठमाडौँमा प्रदर्शन गरे कारवाही गर्ने चेतावनी सहितको विज्ञप्ती जारी गरेको छ। नेपालदिपबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x