१ श्रावण २०८३, शुक्रबार

लागू औसधि सहित पक्राउ

एसीपी संवाददाता

२२ आश्विन २०८१, मंगलवार १८:१९ मा प्रकाशित

दाङको घोराही उपमहानगरपालिका वडा नं. १८ मसिनामा प्रहरीले लागुऔषध (अफिम र चरेश) सहित तीनजनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, २०८१ असोज २२ गते दिउँसो गोप्य सूचनाको आधारमा सुविन्द्र पुन र चेतन बुढालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा अफिम बरामद भएको थियो। सोधपुछको क्रममा अफिम रुकुम पुर्वका बिनी पुनबाट खरिद गरेको खुल्न आएपछि प्रहरीले बिनी पुनको डेरामा छापा मारी थप चरेश र अफिम बरामद गरेको हो। 

पक्राउ परेका व्यक्तिहरूमा ३७ वर्षीय सुविन्द्र पुन, ५१ वर्षीय चेतन बुढा, र ४२ वर्षीय बिनी पुन रहेका छन्। प्रहरीले उनीहरूको साथबाट ३८ किलो ९७२ ग्राम चरेश र ११ किलो १८० ग्राम अफिमसहित विभिन्न उपकरणहरू बरामद गरेको छ। पक्राउ परेकाहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x