१ श्रावण २०८३, शुक्रबार

शान्ति सुरक्षा कायम गर्नु आफ्नो पहिलो प्राथमिकता-वडा प्रहरी इन्चार्ज खड्का

एसीपी संवाददाता

१६ आश्विन २०७७, शुक्रबार ०७:२२ मा प्रकाशित

नेपालगन्ज वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली बहादुर खड्काले नगरको शान्ति सुरक्षा कायम गर्ने सवालमा कुनै पनि कसुर बाँकी नराख्ने बताउनुभएको छ ।

वडा प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेको तेस्रो दिन शुक्रबार नेपालगन्जमा पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गर्दै उहाँले शान्ति सुरक्षा कायम गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको हो। लागु औषध नियन्त्रण, जुवातास नियन्त्रणलाई कडाइका साथ गरिने उहाँको विश्वास छ । सिआइवीमा २१ महिना बसेकाले आफ्नो सीपलाई यहाँ प्रयोग गरिने पनि उहाँको भनाइ छ ।

आफ्ना ठोस योजना नभएको भन्दै उहाँले जिल्लाको मातहतमा काम गर्नुपर्ने भएकाले त्यहाँबाट आउने निर्देशनलाई पूर्णरुपमा पालना गर्ने इन्चार्ज खड्काले बताउनुभयो ।

डा.सापकोटाको निधनमा शुक्रबार श्रद्धाञ्जली सभाको आयोजना

नरैनापुरमा ९० बर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान

बाँकेमा कोरोना संक्रमणका कारण २० को अवस्था गम्भीर

समुहगत अपराधलाई भत्काउने बताउनुभएका इन्चार्ज खड्काले त्यसका लागि सिआइवीको सीपको सदुपयोग गरिने बताउनुभएको छ । घरेलु हिंसा न्यूनिकरणमा पनि आफ्नो भूमिकालाई प्रभावकारी बनाइने उहाँले बताउनुभयो । जिल्लाको सामाजिक सद्भाव कायम गर्ने सवालमा आफुले हरसम्भव प्रयास गरिने उहाँको तर्क छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x