१ श्रावण २०८३, शुक्रबार

डा.सापकोटाको निधनमा शुक्रबार श्रद्धाञ्जली सभाको आयोजना

एसीपी संवाददाता

१६ आश्विन २०७७, शुक्रबार ०७:११ मा प्रकाशित

कोरोना भाइरसबाट निधन हुनुभएका  बरिष्ठ चिकित्सक डा हरि सापकोटालाई शहिद घोषणा गर्न चिकित्सकहरुले माग गरेका छन् । आफ्नो सम्पूर्ण उर्जाशील जीवन विरामीको सेवामा खर्चिएका डा सापकोटाको भाइरस संक्रमणबाट विहीबार भेरी अस्पतालमा ५९ बर्षको उमेरमा निधन भएको थियो ।

नेपालमा बिहीबार थप १ हजार ९ सय ११ जनामा कोरोना पुष्टि

डा.केसी त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ मा

भेरी अस्पतालले डा सापकोटाको निधनमा शुक्रबार श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । भेरी अस्पतालमा छदा सापकोटासँगै काम गरेका विरामीकै सेवामा खटिएका बेला सापकोटा भाइरस संक्रमणमा परेको र उपचारकै क्रममा निधन भएको भन्दै राज्यले उहाँलाई शहिद घोषणा गर्नुपर्ने बताउनुभयो ।

डा सापकोटालाई शहिद घोषणा गरेर समग्र चिकित्सक र स्वास्थ्यकर्मीहरुको सम्मान गर्न पनि उहाँले माग गर्नुभएको छ । डा सापकोटालाई शहिद घोषणा गर्न माग गर्नुभयो । स्वास्थ्य सेवामा डा सापकोटाले पुरयाएको योगदान अतुलनिय भएको  उहाँको भनाइ छ ।

श्रद्धाञ्जलीसभामा अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, मेसु प्रकाश थापा, बरिष्ठ चिकित्सक संकेत रिसाललगायत भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलगायतको सहभागीता थियो । उनीहरुले डा सापकोटाको तस्विरमा फुल अविर चढाएका थिए । बाँके खजुरा गाउँपालिका ३ निवासी डा सापकोटाको भेरी अस्पतालमा दरवन्दी थियो ।

कोरोना केही होईन भन्ने अमेरिकी राष्ट्रपति ट्रम्प र पत्नी मेलानियालाई कोरोना पुष्टि

कोरोना केही होईन भन्ने अमेरिकी राष्ट्रपति ट्रम्प र पत्नी मेलानियालाई कोरोना पुष्टि

उहाँ लामो समयदेखि काजमा प्रादेशीक अस्पताल सुर्खेतमा काम गर्दै आउनुभएको थियो । उहाँ ११ औं तहका सरकारी चिकित्सक हुनुहुन्छ । चिफ अर्थोपेडिक सर्जन डा सापकोटाको निधनले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षती पुगेको छ । उहाँको विहीबार राती अन्त्यष्टि गरिएको छ ।

बाँकेमा कोरोना संक्रमणका कारण २० को अवस्था गम्भीर

बाँकेमा कोरोना संक्रमणका कारण २० को अवस्था गम्भीर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
1
0
Would love your thoughts, please comment.x
()
x