१४ कार्तिक २०८३, शुक्रबार

संवैधानिक परिषदको बैठकमा सहभागी नहुने-देउवा

एसीपी संवाददाता

२७ मंसिर २०७७, शनिबार ११:४४ मा प्रकाशित

विपक्षी दलका नेता शेरबहादुर देउवाले संवैधानिक परिषदको बैठकमा सहभागी नहुने भएका छन् ।

भोलि आइतबार बोलाइएको संवैधानिक परिषदको बैठकमा नेपाली कांग्रेसका सभापति देउवा आउन नसक्ने जानकारी दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको बैठक भोलि आइतबार विहान ९ बजे बोलाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा रिक्त पदमा पदपूर्ति गर्ने तयारीका साथै संवैधानिक परिषदको बैठक बोलाइएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

तर देउवाले २९ गते सरकारविरुद्ध देशभर विरोध प्रदर्शन कार्यक्रम रहेको भन्दै त्यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने सन्देश दिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x