संस्थापन समुह नै इतर समुहमा परिणत हुन सक्ने ?
ओम आचार्य
नेपाली काग्रेसमा जेन जी आन्दोलन पछी अध्यारो छायो ! काग्रेस भित्र अहिले त्यो अध्यारोको कारण एक आपसलाइ चिन्दैनन र देख्दैनन !देख्दा पनि अहिले सत्रु भावले देख्छ्न!त्यो अध्यारो अहिले काग्रेस भित्र कहाबाट आयो ! त्यो अध्यारोको प्रणेता को हो !
यौटा कुरा अध्यारोको प्रणेता जो हो त्यो उज्यालोको पनि हो ! जस्तो कि उज्यालोको प्रणेता सुर्य हो भने अध्यारो सुर्य अस्त पछी हुनाले त्यसलाइ पनि अध्यारो कै प्रणेता मानौ !
अहिले काग्रेसमा यही अवस्था विधमान छ ! अहिले काग्रेसको सत्ता गगनको हातमा छ ! सत्ता जो संग हुन्छ उसैसंग अधिकार हुन्छ ! अहिलेको काग्रेस
भित्र छाएको अध्यारोलाइ उज्यालोमा ल्याउन सक्ने भनेकै गगन हुन ! काग्रेस भित्रको अध्योरोको कारण जन्मेको यो अन्तर विद्रोह लाइ हटाउन उज्यालोमा आउन र ल्याउन जरुरी भइसकेको छ !
अहिले काग्रेसले वि पी स्मृति दिवस सस्थापन समुह र इतर समुह दुवैले अलग अलग स्थानमा स्मृती दिवस मनाए ! यो कार्य काग्रेसकोलागी आफैमा व्यंग होइन ?गगनले योकुरालाइ कसरी हेरेका छन ! अहिलेको संस्थापन समुहबाट ठुलै समुह काग्रेसबाट पलायन हुने अवस्था सृर्जन भएको छ ! यो पलायनको स्थिती को सृर्जना इतर समुह बाट होस या संस्थापन समुहबाट तर यो स्थिती सुर्जना गर्ने सबैभन्दा बढी संस्थापन समुह बाट भएको देखिन्छ !विशेश अधिवेशन बाटै त्यस्तो रणनीति अख्तियार गर्दै तत्कालिन संस्थापन समुहलाइ इतर समुहमा परिणत गरेका हुन !
सर्वोच्चमा पुनारावलोकनको रिट
अहिले काग्रेस इतर समुहबाट सर्वोच्च अदालतमा अन्याय भयो भन्दै पुनरावलोकनको रिट निवेदन गरेका छन !
अर्को तिर साउनको अन्ततिर इतर समुहले राष्ट्रिय भेला गर्ने निर्णय गरेका छन ! संस्थापन समुहलो एनसि फर एनसि को राष्ट्र व्यापी कार्यक्रमको घोषणा गरेको छ ! काग्रेस भित्र द्वन्द चरममा पुगेको छ ! अहिले सर्वोच्चमा दिएको रिटको निवेदन काग्रेस भित्र पुन दुवै समुहमी कौतुहल जागेको छ के हुन्छ ? भनेर!अव पुर्व सभापति शेर बाहादुर देउवा पनि नेपाल आउदै गरेको समचारले इतर समुहको मनोवल र उत्साहा एकएक बढेको छ भने संस्थापन समुहमा देउवाको आगमन र सर्वोच्चको पुनरावलोकनको रिटले मलिन र हारेको जस्तो महशुस गरेको कुरा संस्थापन भित्रकै उच्च नेताहरुको अनुहारबाट देखिन्न्दै छ !
अहिले पनि केही विग्रेको छैन !
सभापति गगनले इतर समुहलाइ समेट्न सके भने संस्थान समुह र इतर सुमह समेत यही काग्रेस भित्र रहन सक्ने राजनीतिक जानकार वताउछन अन्यथा भोली उत्पन्न हुने परिस्थितीमा संस्थापन समुहमा रहेका धेरै जसो अपठ्यारो परिस्थितीमा पर्न सक्छ्न जस्तो अहिले इतर समुह छन ।
आचार्य मोरंग काग्रेसका सल्लाहाकार हुन



