१२ कार्तिक २०८३, बुधबार

सरकार बनाउन अदालतसम्म गएका पात्र हुन् उपेन्द्र यादव

एसीपी संवाददाता

२३ कार्तिक २०७८, मंगलवार १६:२० मा प्रकाशित

२३ गते कात्तिक २०७८ । पार्टी फुटाएर भए पनि आफूसमेत सहभागितामा सरकार बनाउन अदालतसम्म गएका पात्र हुन् उपेन्द्र यादव ।

पार्टी फुटाएर भए पनि आफ्नै सरकार बनाएका छन् । यद्यपि उनी उपप्रधानमन्त्री बनेर पार्टीबाट सरकारको नेतृत्व गर्न पाएनन् । जनजातिबाट राजेन्द्र श्रेष्ठले नेतृत्व गरिरहेका छन् । अहिलेको सरकार उपेन्द्रको पनि हो । किनभने सरकार निर्माणमा उनको पार्टी पनि त्यतिकै भूमिका छ ।

तर आफू उपप्रधानमन्त्री बन्न नपाएको रिस उपेन्द्रले बेला बेला विपक्षीजस्तो बनेर पोख्ने गरेका छन् । सोमबार पनि उपेन्द्र यस्तै रवैयामा उत्रिए । विपक्षीभन्दा पनि कडा रुपमा भएभरको रिस पोखे । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्रले अहिलेको संसदीय प्रणाली असफल भएको भन्न भ्याए ।

यो संसदीय प्रणालीले सांसद खरिद–बिक्रीलाई छुट दिएको भन्दै उनले यसलाई फेर्नुपर्ने उनको भनाइ थियो । ’सांसद खरिद–बिक्री हुनुमा नेताको मात्र दोष होइन, संसदीय प्रणालीकै दोष हो, यही संसदीय प्रणालीका कारण न्याय क्षेत्र पनि खर्चिलो छ’, उनले भने ।

जसपा रूपन्देही क्षेत्र नम्बर– १ द्वारा सोमबार रोहिणी गाउँपालिका– ३ धकधईमा आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले मुलुकको संविधान त्रुटिपूर्ण रहेको पनि औँल्याएका छन् । त्रुटिपूर्ण संविधान निर्माणमा कांग्रेस र कम्युनिस्ट मुख्य दोषी रहेको आरोप लगाउँदै उनले संविधान संशोधन गरी संविधानमा रहेका त्रुटि सच्याउनुपर्नेमा जोड दिए ।

अध्यक्ष यादवले संविधान संशोधनमा कांग्रेस–कम्युनिस्ट तयार नभए आठौँ संविधान निर्माणका लागि आन्दोलन गरिने बताए । ’संविधान संशोधनमार्फत मधेसी जनताका मुद्दा संबोधन नभए आठौँ संविधान निर्माणका लागि अगाडि बढ्नुको विकल्प छैन’, यादवले भने ।

संविधानमा उल्लेखित प्रदेश संरचना पनि त्रुटिपूर्ण रहेकाले यसलाई संशोधनमार्फत फेर्नुपर्ने माग उनले गरे । ’अहिले कायम रहेका सातवटा प्रदेश व्यावहारिक र वैज्ञानिक छैनन्, यसलाई संशोधन गरी उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको प्रतिवेदनबाट आएको १० वटा प्रदेश नै कायम गरिनुपर्छ’, यादवको भनाइ छ । उनले हालको प्रदेश संरचना अधिकारविहीन रहेको दाबी गरे ।

’अधिकारविहीन प्रदेश सरकारमा पाँच–सात जना मन्त्री बन्दैमा र झण्डावाल गाडी चढेर हिँड्दैमा केही हुँदैन, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्छ’, उनले भने । अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली पनि फेर्नुपर्ने बताए ।

अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले यो कायम रहँदासम्म पैसावालाले मात्र निर्वाचन लड्न सक्ने भएकाले यसलाई फेर्नुपर्ने उनको भनाइ छ । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा जोड दिए । उनले नागरिकता विधेयक तत्काल ल्याउनुपर्ने मागसमेत गरे ।

धेरै मधेसी नागरिक नागरिकताविहीन भएको औँल्याउँदै नागरिकतामा भएको विभेदकारी प्रावधान सच्याउन जरुरी रहेको पनि यादवले बताए । यसरी उपेन्द्रले विपक्षी जस्तो समस्या मात्रै देखाए ।

तर आफै सरकारमा हुँदा समाधानका लागि भने पहल गर्दैनन् । सत्ता गठबन्धनमा यी कुरा उठाउँदैनन् । जसले गर्दा उनी सार्वजनिक खपत अथवा भाषणका लागि मात्रै बोल्छन् भन्ने देखिन्छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x