१३ कार्तिक २०८३, बिहीबार

सशस्त्र प्रहरी बल कृष्णनगरद्वारा अबैध माछा नष्ट

एसीपी संवाददाता

२१ माघ २०७७, बुधबार ०९:४० मा प्रकाशित

कृष्णनगर, माघ २०
कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वडा नं १ डुमाई बाट सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी कृष्णानगर ले अन्दाजी २५०किलाे अबैध माछा बरामद गरेर नष्ट गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल (बि.ओ.पी) कृष्णानगर बाट सशस्त्र प्रहरी नायब निरीक्षक अरुणराज तिमिल्सिना को कमाण्डमा ५ जनाको गाड़ी मोबाईल टोलीले भारत बाट अवैध तरिकाले नेपाल भित्राउने अवस्थामा २५०किलो माछा बरामद गरेको छ।

करिब१५:४५ बजे को समयमा सशस्त्र प्रहरीले अन्दाजी मूल्य ८००००/-(अस्सी हजार रुपया)बराबर को माछा बरामद गरेको हो। गस्ती टोली लाई देखि माछा छोडेर भागे को अवस्थामा माछा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल (बिओपी) कृष्णनगरका सशस्त्र प्रहरी निरीक्षक प्रकाश आर्चाय ले जानकारी दिनु भयो।

जनप्रतिनिधि , पशु क्वारेन्टाइनका प्रतिनिधि , स्थानीय र सञ्चारकर्मी लगायतको उपस्थितिमा खाल्टो खनी उक्त माछा लाई नष्ट गरेका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x