६ कार्तिक २०८१, मंगलवार

सहकार्य र सहयोग गरेको प्रति आभार  व्यक्त :-  मौलाना मशहूद

एसीपी संवाददाता

५ कार्तिक २०८१, सोमबार १०:५३ मा प्रकाशित

कपिलवस्तु, कार्तिक ५
आज बसेको लुम्बिनी प्रदेश सरकारको कार्य विभाजन नियमावली हेरफेर गरेको छ तथा मन्त्री परिषद बैठकले आज लुम्बिनी प्रदेश मदरसा शिक्षा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली लाई पदमुक्त गर्ने निर्णय समेत गरेको छ।

मौलाना मशहूद खां नेपाली करिब २६ महिना देखि लुम्बिनी प्रदेश मदरसा शिक्षा व्यवस्थापन समिति उपाध्यक्ष भएर काम गर्दै मदरसा शिक्षा व्यवस्थापनमा राम्रो पहल गर्दै आएको मदरसाका मौलाना हरू बताउछन्।

हाम्रो टीमले उपाध्यक्ष मौलाना मशहूद खां संग कुरा गर्दा उहाँले मलाई नेकपा माओवादी केन्द्र पार्टी सरकारमा हुदाँ मदरसाको व्यवस्थापन जिम्मेदारी दिएको प्रति धन्यवाद दिदै अहिले सम्म मलाई तथा मदरसा व्यवस्थापनमा साथ र सहकार्य गरेका केन्द्रीय सरकार, लुम्बिनी प्रदेशका विभिन्न मुख्यमंत्री ज्यू, सामाजिक विकास मंत्री हरू, कर्मचारी लगायत सहयोग गर्ने सम्पूर्ण प्रति हार्दिक आभार व्यक्त गर्दै आफ्नो कार्यकालमा मदरसामा खाजा, छात्रवृत्ति, पाठ्यपुस्तक,अनुदान रकममा बृद्धि, मसलनद, बुक कर्नर, सेन्टरीपैड लगायत दिलाउन पहल गरेको बताउदै आफू पदमा रहे न रहे पनि मदरसाको हकहितमा सधैं काम गर्ने बताउनुभयो।

मशहूदले थपकुरा गर्दै लुम्बिनी प्रदेशका मुख्यमंत्री चेत नारायण आचार्यले समेत आफूलाई तपाईले प्रदेश मदरसा व्यवस्थापनमा राम्रो सहकार्य गर्नु भएको धन्यवाद दिदै तपाईको अगामी भबिस्य उज्जवल रहोस् भन्ने भाव व्यक्त गरेको बताए।

मौलाना मशहूदको कार्यकाल सफल रहेको तथा उहाँ माथी उपाध्यक्ष रहदा कुनै आरोप नलागेको र मशहूदले गरेको मदरसा व्यवस्थापनको काम अविस्मरणीय रहने राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीले बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x