सिन्जियाङमा उइगर मुस्लिमहरुलाई हिरासत केन्द्रमा राख्ने क्रमलाई तीव्रता
न्युयोर्क । चीन सरकारले सिन्जियाङमा बिना आधार उइगर मुस्लिमहरुलाई नियन्त्रणमा लिने र हिरासतमा राख्नेक्रम बढाएका छन् ।
सिन्जियाङमा उइगर र अन्य मुस्लिमहरुलाई सिन्जियाङ क्षेत्रमा रहेको हिरासत केन्द्रमा राख्ने क्रमलाई तीव्रता दिएको बताइएको छ ।
ह्युमन राइटवाचले सन् २०१६ को अन्तिमदेखि हालसम्म दुई लाख ५० हजारभन्दा बढीलाई आतंकवादमा हिंसा फैलाएको र चीन विरोधी गतिविधि गरेको भन्दै जेल सजाय सुनाइएको जनाएको छ ।
“सिन्जियाङका अधिकारीहरूको सूचनामा कडा नियन्त्रणका बाबजुद केही आधिकारिक कागजातहरु हात लागेका छन्,”ह्युमन राइट वाचले भनेको छ, “६० वटाभन्दा बढी घटनाहरुको विश्लेषण गर्दा कुनै पनि अपराधमा संलग्न नभएकाहरुलाई पनि जेल सजाय सुनाइएको छ ।
पुनर्शिक्षा शिविरको नाममा सिन्जियाङका उइगरहरुमाथि चीन सरकारले यातना दिने, यौन दुर्व्यवहार गर्ने, जबरजस्ती श्रम गराउनेलगायतका गतिविधिहरु गरिरहेको छ ।
चीनको यस्तो गतिविधिबाट अन्तर्राष्ट्रियस्तरमा चर्को आलोचना र आक्रोश व्यक्त भइरहेको छ । औपचारिक न्याय प्रणालीलाई कुल्चिँदै सिन्जियाङको मुसलमानलाई पक्राउ गरेको र जेलमा राखिएको पाइएको छ,” चीनका वरिष्ठ शोधकर्ता माया वाङले भने, “कानुनीताको पोशाक हुँदाहुँदै पनि, सिन्जियाङको जेलमा ती धेरै साधारण मानिस हुन् । जसलाई आफ्नो जीवन बिताउनु र धर्म पालन गरेको कारण दोषी ठहर्याइएको थियो ।”
चिनियाँ सरकारको आधिकारिक तथ्यांकले २०१७ मा सिन्जियाङमा सजाय पाएका व्यक्तिको संख्यामा नाटकीय वृद्धि देखाइएको छ ।


