१२ कार्तिक २०८३, बुधबार

सिमानाका खुल्ला गराउन चीनलाई गुहार गर्नु पर्ने

एसीपी संवाददाता

१५ फाल्गुन २०७७, शनिबार ०६:०८ मा प्रकाशित

नेपालले एक वर्षदेखि अवरुद्ध काठमाडौं–तिब्बत हवाई सेवा सुचारु गर्नुपर्ने तथा अन्तर्राष्ट्रिय सीमानाकामा सहज रूपमा दोहोरो यातायात सञ्चालनमा ल्याउनुपर्ने सरोकार चीनसँग राखेको छ । तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकालले शुक्रबार चिनियाँ परराष्ट्र विभागका महानिर्देशक पाइमा योङ चोङसँगको भेटमा कैलाश मानसरोवर यात्राका विषयमा पनि चासो राखेका छन् ।

‘मैले अवरुद्ध कैलाश यात्रा, काठमाडौं–ल्हासा हवाई सेवा सञ्चालनका विषयमा हाम्रो सरोकार व्यक्त गरेँ,’ महावाणिज्यदूत ढकालले नयाँ पत्रिकासँग भने, ‘त्यसबाहेक केरुङ नाकाको निर्वाध सुचारु तथा नेपालबाट चीनमा सामान निर्यात खुला गर्ने विषयमा पनि कुराकानी गरेँ ।’ 

चिनियाँ महानिर्देशक चोङले नेपालले व्यक्त गरेको चासो बेइजिङस्थित सम्बन्धित निकायमा पु¥याउने आश्वासन दिएकी छिन् । उनले कोभिड– १९ को अवस्थाका कारण कैलाश मानसरोवर खुला गर्ने विषयमा निर्णय भइनसकेको पनि महावाणिज्यदूत ढकाललाई जानकारी दिएकी छन् ।

नेपालले पटकपटक सीमानाकामा स्थापित स्वास्थ्य मापदण्डका आधारमा सुचारु गर्नुपर्ने धारणा चिनियाँ अधिकारीहरूसँग राख्दै आएको छ । एक वर्षयता नेपाल र तिब्बतबीचको रसुवागढी–केरुङ तथा तातोपानी–खासा नाका नियमित रूपमा सुचारु छैन । गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणअघि चीनले तातोपानी नाका सुचारु गरेको थियो । कोभिड– १९ पछि चीनले नेपालबाट तिब्बतमा सामान निर्यातमा पूर्ण रूपमा रोकेको छ । 

नेपाली कूटनीतिक अधिकारीहरूका अनुसार चीनले कोभिड– १९ बाट तिब्बतलाई मुक्त राख्न सफल भएको छ । तिब्बतमा एक वर्षमा जम्मा एकजना बाहिरबाट आएका व्यक्तिलाई कोभिड– १९ देखिएको र उनी निको भएसँगै कोरोना फैलिएन । नयाँपत्रिकामार्फत

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x