११ कार्तिक २०८३, मंगलवार

स्वतन्त्र उम्मेदवार शेषको दुष्प्रचार र द्वेषपूणर् अभिव्यक्ति फैलाउन सक्रिय गिरोह

एसीपी संवाददाता

१६ कार्तिक २०७९, बुधबार १८:०१ मा प्रकाशित

कार्तिक, बाँके । बाँकेको क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार इरफान अहमद शेषले आफ्नो चुनावी अभियान तिब्रता दिएसंगै उनी बिरुद्ध मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउन फेक आइडीको प्रयोग सक्रिय भएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन नजिक्दै गर्दा चुनावी सरगर्मी बढेको छ । यति बेला उम्मेदवार आ-आफ्ना प्रतिबद्धता र घोषणापत्र सहित जनताको दैलोमा पुगिरहेका छन ।

उम्मेदवार शेषले चुनावी अभियानलाई तिब्र पारे संगै उनी बिरुद्ध सामाजिक सञ्जाल मार्फत उनको चुनावी माहोललाई दुषित गर्न बाहिरी तत्वहरु सक्रिय भएको प्रचारप्रसार समितीले जनाएको छ । निर्वाचन आयोगले कडा रुपमा सामाजिक सञ्जाल माथि निर्वाचन स्वच्छताका लागि निगरानी गर्दै आए पनि उनी बिरुद्ध मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउन फेक आइडीको प्रयोग सक्रिय भएको उम्मेदवार शेषको प्रचारप्रसार समितिकी संयोजक जोया शेषले जानकारी दिइन ।

उनले हामीलाई भनिन, ‘यस विषयमा प्रशासनलाई विशेष आग्रह गर्न चाहन्छु, केही दिन देखि यस क्षेत्रका स्वतन्त्र उम्मेदवार शेष सबैभन्दा बढी लोकप्रिय भएको र उनको उम्मेदवारीबाट भयभीत भएका विभिन्न विपक्षी नेताहरूले केही फेक आइडी प्रयोग गरि भ्रम छर्ने कार्य गरिरहेकोले प्रहरी प्रशासन र निर्वाचन आयोगले यस्तो तत्वलाई कडा कार्यवाहीको दायरामा उभ्याउना आग्रह गर्दछु ।’

उनले थप भनिन, ‘जनप्रिय नेता शेषको अगाडी अन्य नेताहरूको केही नचलेपछि यस्ता घृणित कार्य गरि जनता बीच भ्रम फैलाउने कार्यमा उत्रिएका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x