२१ बैशाख २०८३, सोमबार

चीनको नाकाबन्दीका कारण , गाँस पनि टुट्यो, बास पनि उठ्यो

एसीपी संवाददाता

१४ फाल्गुन २०८०, सोमबार १०:०९ मा प्रकाशित

( बिबिसी ) कोभिड महामारी सँगै चीनले बन्द गरेका ताप्लेजुङको ओलाङचुङगोला र सङ्खुवासभाको किमाथाङ्का नाका अझै सञ्चालनमा आएका छैनन्।

नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक चीनसँगका दुई ठूला अन्तर्राष्ट्रिय व्यापारिक नाकाहरू चार वर्षदेखि ठप्प रहँदा चिनियाँ बजारमा आश्रित सो क्षेत्रका बासिन्दाहरूको जनजीवन जटिल बनिरहेको छ।

पूर्वी नेपालको उत्तरी हिमाली क्षेत्रका बासिन्दाको जीविकाको आधारका रूपमा रहेका ती नाकामा कोभिडको कारण देखाउँदै चीन सरकारले चार वर्षअघि अर्थात् २०७६ माघ ५ गते बाट आवतजावतमा प्रतिबन्ध लगाएको थियो।

नेपाल चीन पारवहन सन्धि बमोजिम नेपाल र चीनबीच अन्तर्राष्ट्रिय व्यापार नेपालका विभिन्न ६ वटा नाकाबाट मात्रै गर्न सकिने व्यवस्था छ।

जसमा रसुवाको केरुङ, सिन्धुपाल्चोकको तातोपानी, मुस्ताङको कोराला, हुम्लाको हिल्सा, सङ्खुवासभाको किमाथाङ्का र ताप्लेजुङको ओलाङचुङगोला नाका रहेका छन्।

कोभिड महामारीसँगै बन्द भएका केरुङ, तातोपानी, हिल्सा र कोराला नाका पुन: सञ्चालनमा आए पनि किमाथाङ्का र ओलाङचुङगोला नाका भने हालसम्म पनि ठप्प छन्।

नाका बन्द रहँदा नजिकको बजार चीनको तिब्बतसँगको सम्बन्ध टुटेकोले विशेषगरी भौगोलिक रूपले विकट ताप्लेजुङ र सङ्खुवासभाको तिब्बत सीमावर्ती हिमाली जनजीवन निकै कठिन बनिरहेको छ।

नेपालतिर सडक सञ्जालले नजोडिनु र परापूर्व कालदेखि चलिआएको तिब्बतसँगको व्यापारिक सम्बन्ध पनि टुट्नुले व्यापार र पशुपालनमा आश्रित आफूहरू कष्टकर जीवन जिउन बाध्य भइरहेको सीमावर्ती गाउँका बासिन्दाहरू बताउँछन्।

गाँस पनि टुट्यो, बास पनि उठ्यो

सङ्खुवासभाको किमाथाङ्काका धर्पु भोटे चीनमा गएर मिस्त्री काम गर्थे।

कोभिडपछि चीन जान नपाएकोले उनले रोजगारी गुमाएका छन्।

विगतमा सीमापारि चीनमा गएर गरेको रोजगारीका भरमा घरको लागि आवश्यक दाल, चामल र नुन तेलको जोहो गरी छोराछोरीको पढाइ खर्च समेत धान्ने गरेका उनी भन्छन्, – “चार वर्ष पर्खँदा पनि नाका खुलेन, अब सरकारले नि हेरेन भने त हामीलाई बाँच्न मुस्किल छ।”

सङ्खुवासभाको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छेदर लामाका अनुसार सीमा नाका खुल्ला हुँदा सङ्खुवासभाको भोटखोला गाउँपालिकाबाट मात्रै दैनिक कम्तीमा ४ सय मानिसहरू रोजगारीको लागि तिब्बतको चाँगा, देन्दाङ, नादाङ लगायतका सहर पुग्ने गरेका थिए।

चिनियाँ नाकामा लगाइएको प्रतिबन्धसँगै अहिले ती सबैको रोजगारी गुमेको छ।

उनी भन्छन्, “लामो समयसम्म चीनसँग आवतजावत ठप्प रहँदा विशेषगरी भोटखोलाका विकट गाउँहरू किमाथाङ्का, थुदाम, रिदाक, छुम्सुर जस्ता गाउँमा खाद्यान्नको समस्या हुँदै आएको छ।

गाउँपालिकाले गत वर्ष विभिन्न क्षेत्रबाट सहयोग जुटाएर यी गाउँमा खाद्यान्न वितरण गरेको थियो।

तर यो वर्ष सहयोग जुटाउन नसकेकोले गाउँमा खाद्य सामग्री पुर्‍याउन सकिरहेका छैनौँ।

चिसो र हिमपातका कारण यी गाउँमा थोरै मात्रामा कोदो, आलु र जौ मात्र उत्पादन हुन्छ।

तर उक्त उत्पादनले दुई महिना पनि नधान्ने भएकोले र गाउँमा आयस्रोतका अन्य विकल्पहरू नभएकोले भोटखोला गाउँपालिकाबाट मानिसहरू धमाधम पलायन भइरहेको त्यहाँका अधिकारीहरूले बताएका छन्।

बढ्दो पलायनका कारण विद्यार्थी अभावले भोटखोला गाउँपालिकाका दुईवटा सामुदायिक विद्यालय बन्द भइसकेका छन् भने सञ्चालन भएका विद्यालयमा पनि विद्यार्थीको सङ्ख्या ज्यादै न्यून भएको उनीहरू बताउँछन्।

गाउँपालिकाको तथ्याङ्क अनुसार चिनियाँ नाका नखुलेर गाउँको जीवन कष्टकर भएकै कारण भोट खोलाका तिब्बत सीमावर्ती गाउँबाट चार वर्षमा कम्तीमा पनि ५० प्रतिशत मानिसहरू गाउँ रित्तो पारेर पलायन भइसकेका छन्।

ओलाङचुङ गोलाको बाटो

तस्बिर स्रोत,BASANTA LIMBU

तस्बिरको क्याप्शन,नेपाली क्षेत्रमा बाटोको सुविस्ता नहुँदा आवतजावत र ढुवानीमा सकस हुने गरेको छ

न घर जान पाइयो, न त माइत

नेपालबाट विवाह गरेर चीनको नादाङ सहर पुगेकि सङ्खुवासभाको भोटखोलाकी किपा भोटेलाई चीनको नागरिकता प्राप्त गरि नसकेका कारण कोभिडकालमा चिनियाँ प्रशासनले नेपाल फर्काइदियो।

उनले नेपाल फर्किँदा साथमा ल्याएको ११ महिनाको छोरा बढेर अहिले पाँच वर्षको भयो।

तर नेपाल फर्किनासाथ बन्द भएको चिनियाँ नाका नखुल्दा किपाले अझैसम्म आफ्नो घर फर्किन र परिवार भेट्न पाएकी छैनन्।

उनी भन्छिन् “कोभिडको समयमा नेपाल फर्काउँदा एक महिनामा नाका खुल्छ अनि आउनु भनेर त्यहाँको प्रशासनले हामीलाई यता पठाएको हो। चार वर्ष बित्यो अझै घर जान पाएको छैन। छोराको पनि अब त स्कुल जाने उमेर भइसक्यो।”

भोटखोलाकै हुङगुङबाट चीनको देन्दाङमा विवाह गरेर गएकी दिचिक भोटेको पनि अवस्था किपाको जस्तै छ।

कोभिडको बेला गर्भावस्थामा नेपाल फर्काइएकी उनी छोरा जन्मिएर तीन वर्षको हुँदासम्म आफ्नो घर फर्किन पाएकी छैनन्।

नाका खुल्ने आशमा वर्षौं प्रतीक्षा गर्दा पनि आफ्नो घर जान नपाउँदा छोराको भविष्य र घरपरिवारको चिन्ताले मन पिरोल्ने गरेको दिचिक बताउँछिन्।

चीनले सीमा नाकामा पूर्ण रूपले आवतजावत बन्देज गर्दा सङ्खुवासभा र ताप्लेजुङको हिमाली भेगका कतिपय महिलाहरू आफ्नो घर जान पाइरहेका छैनन् भने कतिपय वर्षौदेखि आफ्नो माइतीघर जान पाएका छैनन्।

दक्षिणी छिमेकी भारतसँग सीमावर्ती क्षेत्रमा हुने गरेको ‘रोटीबेटी’ भनिने सम्बन्ध जस्तै चीन र नेपालको सीमावर्ती क्षेत्रमा पनि वैवाहिक सम्बन्ध गाँस्ने पुरानै चलन छ।

चीनबाट विवाह गरेर नेपाल आएकी ताप्लेजुङ ओलाङचुङगोलाकी याङ शेर्पाले तिब्बतको चाङ्गामा रहेको आफ्नो माइतीघर जान र वृद्ध बाआमालाई भेट्न नपाएको पीडा सुनाइन्।

चीनबाट नेपालमा विवाह गरेर आएका ओलाङचुङगोलाका अन्य कैयन् महिलाहरूले पनि नाका नखुलेका कारण आफ्नै जस्तो पीडा भोगिरहेको उनले बताइन्।

सङ्खुवासभाको भोटखोला गाउँपालिकाकी उपाध्यक्ष सहना लामाका अनुसार भोटखोलाका किमाथाङ्का, थुदाम, रिदाक, छुम्सुर, च्याम्ताङ, हुङगुङ, चेपुवा, रुकुमा लगायतका गाउँहरूमा तिब्बतवाट विवाह गरेर आएका थुप्रै महिलाहरू छन् र उनीहरू पर्व उत्सवमा मात्र नभएर मर्दापर्दा समेत नाकामा गरिएको पूर्ण कडाइका कारण आफ्नो माइतीघर जान सकिरहेका छैनन्।

ओलाङचुङगोला

तस्बिर स्रोत,NYIMA DORJEE WALUNG

तस्बिरको क्याप्शन,सीमानाका बन्द हुँदा ओलाङचुङगोला जस्ता सीमावर्ती गाउँका मानिसहरूको सीमापारीका पारिवारिक सम्बन्ध पनि टुटेका छन्

नेपालतिर सडक सञ्जालले नजोडिँदा थप समस्या

सीमापारि तिब्बततिर सहर बनिसक्यो तर यता सीमावारी नेपालमा भने हिँड्ने बाटो समेत राम्रो छैन।

पारि तिब्बत जाँदा फराकिला कालोपत्रे सडक देखेका सीमा क्षेत्रका बासिन्दाले नेपालमा भने अझै पनि जोखिमपूर्ण गोरेटो बाटोमा भारी बोकेर हिँड्नु परिरहेको गुनासो गर्छन्।

काठका झोलुङ्गे पुल अनि भिरपहराका साना गोरेटो बाटोमा भारी बोकेर हिँड्न मुस्किल हुने गरेको सङ्खुवासभाको किमाथाङ्काका जम्लिङ भोटे बताउँछन्।

उनी भन्छन्, “बाटोमा दुवै तर्फबाट आउने पैदलयात्री भेटियो भने भारीसँग जीउ थामेर बाटो छोड्दिन मुस्किल पर्छ।”

हिउँदमा हिमपातको, वर्षायाममा बाढीपहिरोको र भिरपहराहरूको सामना गर्दै बजारबाट सङ्खुवासभाका विकट हिमाली गाउँहरूमा दैनिक उपभोग्य वस्तु पुर्‍याउन चार दिन लाग्ने गरेको जम्लिङ बताउँछन्।

सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि किमाथाङ्का सम्मको दूरी जम्मा १६२ किलोमिटर छ।

वर्षौं अघिबाट सडक खन्ने काम सुरु गरिए पनि जटिल भूगोलका कारण भन्दै निर्माण कम्पनीले त्यसलाई पूर्णता दिन सकेका छैनन्। जसकारण सो क्षेत्रमा अहिले कडा चट्टानहरू फुटाएर ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ।

‌ओलाङचुङगोलाको अवस्था पनि उस्तै

ताप्लेजुङको ओलाङचुङगोला नाका पनि अझैसम्म सडक सञ्जालले जोडिएको छैन।

सडकको पहुँच नपुगेकै कारण तिब्बत सीमावर्ती ताप्लेजुङको याङ्मा, ओलाङचुङगोला, तोक्पेगोला, घुन्सा, फले लगायतका गाउँमा कतिपयले चौँरी याक र कतिपयले पिठ्युँमा भारी बोकेकै भरमा जीवन गुजारा गरिरहेका छन्।

चार हजार मिटरको उचाइभन्दामाथि रहेका बस्तीसम्म नेपालको बजारबाट सामान पुर्‍याउँदा सामानको मूल्यभन्दा चार गुना बढी ढुवानी खर्च लाग्ने गरेको ताप्लेजुङ याङ्माका फिन्जो शेर्पाले बताए।

उनका अनुसार चार हजार दुई सय मिटर उचाइमा रहेको याङ्मासम्म ताप्लेजुङ सदरमुकामबाट सामान पुर्‍याउँदा स्थानीय बासिन्दाले प्रतिकिलो १५० रुपैयाँसम्म ढुवानी मूल्य तिर्ने गरेका छन्।

उनी भन्छन्, “पहिला नाका खुल्ला हुँदा तिब्बतबाट सस्तो मूल्यमा खाद्यान्न आउँथ्यो, नेपालको बजारबाट गाउँमा खाद्यान्न ल्याउँदा त ढुवानीले नै मार्छ हामीलाई।”

बिकेनन् चौँरी याक

चौँरी

तस्बिर स्रोत,PHUPU CHUNDAK SHERPA

तस्बिरको क्याप्शन,सीमा सम्पर्क विच्छेद रहँदा नेपालपट्टि चौँरी पालकहरूको व्यापार चौपट भएको बताइन्छ

ताप्लेजुङ र सङ्खुवासभाको हिमाली बस्तीमा बसोबास गर्ने समुदाय प्राय: चौँरीपालनमा निर्भर छन्।

चौँरीको मुख्य बजार चीन हो। नाका बन्द भएर चीनतिर चौँरी र याकहरू बेच्न नपाउँदा चौँरी पालकहरूको एकातिर आयस्रोतको बाटो गुमेको छ भने अर्कोतिर धेरै सङ्ख्यामा रहेका चौँरी याकको व्यवस्थापनमा पनि समस्या भएको छ।

नाका बन्द हुनु अघि पापुङ तोक्पेगोलाका दोर्जे फिन्जुवा शेर्पाको गोठमा १५० वटा याक थिए।

त्यतिबेला ब्याएका याकका बाच्छीहरू हुर्किएर माउ बनिसके।

बर्सेनि याक ब्याउने र बाच्छाहरू हुर्किने क्रम बढिरहँदा उनको गोठमा अहिले याकको सङ्ख्या बढेर ३०० पुगिसक्यो।

तर बेच्ने उपाय नहुँदा उनलाई चौँरीयाकको व्यवस्थापन गर्न निकै समस्या परिरहेको छ।

उनी भन्छन्, “बथान ठूलो भएपछि त जोगाउनै मुस्किल पर्ने रहेछ। चरनमा लैजाँदा जङ्गलमा हराएका चौँरी कति हिउँचितुवाले मार्‍यो, कति भालुले खायो त्यसको त हिसाबै छैन। चारतिर गोठालो लागेर हेर्दा पनि खर्कबाट धेरै याकहरू हराउँछन्।”

नाका बन्द हुँदा चौँरीयाक मात्र नभइ यसबाट उत्पादित घिउ, छुर्पी र चमरसमेत चीनतिर निर्यात गर्न नसकेकोले दैनिक गुजारा चलाउनै मुस्किल परिरहेको ताप्लेजुङ ओलाङचुङगोलाका चौँरीपालक चुन्दाक शेर्पाले बताए।

नाका खुलाउन के भइरहेको छ पहल

सीमास्थित ताप्लेजुङ् याङ्मा गाउँ

तस्बिर स्रोत,SIRJANA LIMBU

तस्बिरको क्याप्शन,सरकारले दुई नाका खुलाउन चीनसँग लगातार पहल गरिरहेको बताएको छ

गत असोज महिनामा प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जानु अघि ताप्लेजुङ र सङ्खुवासभाको तिब्बत सीमावर्ती क्षेत्रका बासिन्दाले प्रचण्डलाई भेटेर ज्ञापनपत्र समेत बुझाउँदै नाकाबाट आवतजावत खुल्ने वातावरण बनाइदिन अनुरोध गरेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x