२० बैशाख २०८३, आईतवार

एमालेमा ओली हटाउ अभियान सुरू, युवाहरूकाे पुनरजागरण भेला सकियाे

एसीपी संवाददाता

२० बैशाख २०८३, आईतवार १५:३३ मा प्रकाशित

काठमाडौँ । एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी रूपान्तरणको माग गर्दै युवा नेताहरूले पुनर्जागरण भेला गरेका छन्।

शनिबार काठमाडौँको मीनभवनमा आयोजित पुनर्जागरण भेला मार्फत केन्द्रीय सदस्यहरूसहितका प्रभावशाली युवा नेताहरूले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेका हुन्।

करिब चार घण्टासम्म चलेको उक्त भेलाले पार्टीको हालैको चुनावी पराजयको मुख्य जिम्मेवार वर्तमान नेतृत्वको कार्यशैली र कमजोरी भएको ठहर गरेको छ। भेलामा केन्द्रीय सदस्यहरू झपट रावल, नरेश रोकाया र समिक बडालसहित करिब १३० जना नेता-कार्यकर्ताको सक्रिय सहभागिता थियो।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x