नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहालले प्रतिशोध साध्न पार्टीभित्रै राज्यशक्तिको दुरुपयोग गर्न खोजेको आरोप लगाएका छन्।
काठमाडौंमा जारी माओवादीको स्थायी कमिटी बैठकमा प्रस्तुत १४ पृष्ठको दस्तावेजमा शर्माले पूर्व प्रधानमन्त्री दाहालमाथि यस्तो आरोप लगाएका हुन्। सरकारमा रहँदा बालुवाटारबाटै कहिले जनार्दन शर्मा र कहिले वर्षमान पुन विरुद्ध दुष्प्रचार गरिएको उनले जिकिर गरेका छन्।
अध्यक्ष दाहालले ससाना अन्तर्विरोध समाधान गर्न झन् ठूलो अन्तर्विरोध सिर्जना गर्ने गरेको शर्माको भनाइ छ। दाहालले पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखेका छन्।
“अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवार सहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने,” शर्माले भनेका छन्।
सांगठनिक भूमिका हस्तान्तरण नगर्ने हो भने दाहालले वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने तथा कार्यकारी सांगठनिक नेतृत्व युवालाई दिनुपर्ने शर्माको सुझाव छ। तेस्रो विकल्पमा उनले केन्द्रीय कमिटी भंग गरेर दाहालको नेतृत्वमा महाधिवेशन तयारी समिति बनाउने र प्रत्यक्ष निर्वाचन मार्फत नेतृत्व चयन गर्नुपर्ने उल्लेख गरेका छन्।
जनार्दन शर्माले राखेको सुझावको पूर्ण पाठ :
आइतबार, साउन २७, २०८१ १४:५६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
मुकुल ढकालको स्पष्टीकरण : झूटो आरोप लगाएको छैन, सबै सत्यमा आधारित छन्
नेता र पार्टी विरुद्ध झूटो आरोप लगाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मागेको स्पष्टीकरणमा पूर्व महामन्त्री डा. मुकुल ढकालले सबै सत्यमा आधारित भएको जवाफ दिएका छन्।
मुकुल ढकाललाई साधारण सदस्यबाट पनि हटाउन रास्वपाले माग्यो स्पष्टीकरण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्व महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यबाट पनि हटाउन स्पष्टीकरण मागेको छ।
नागरिकता त्यागेका व्यक्तिमा फेरि राष्ट्र त्याग्ने मनोविज्ञान नआउला भन्न सकिंदैन : डा. ढकाल
राष्ट्रिय स्वतन्त्र पार्टीबाट पदमुक्त भएका महामन्त्री डा. मुकुल ढकालले एक पटक नागरिकता त्यागेका व्यक्तिलाई राज्यको महत्त्वपूर्ण पदमा नियुक्त गर्न नहुने सुझाव दिएका छन्।
दाहालले प्रतिशोध साध्न राज्यशक्तिको दुरुपयोग गर्न खोजेको शर्माको आरोप
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहालले प्रतिशोध साध्न पार्टीभित्रै राज्यशक्तिको दुरुपयोग गर्न खोजेको आरोप लगाएका छन्।
सत्तामा हुँदा पनि आन्दोलनकारीकै धङधङी
मधेशको नयाँ शक्तिका रूपमा उदाएको जनमत पार्टीका अध्यक्ष सीके राउत आफ्नो पार्टी नेतृत्वको मधेश सरकारलाई जनअपेक्षा अनुसार डोर्याउनुको सट्टा आन्दोलनकारीकै धङधङीमा देखिन्छन्।
युनुस सरकारले शान्ति सुव्यवस्था कायम राख्न सकोस् : प्रगतिशील आन्दोलन
बाङ्लादेशबाट नेपालको राजनीतिक नेतृत्वले वेलैमा पाठ सिक्नुपर्ने प्रगतिशील रूपान्तरण आन्दोलनले जनाएको छ।
मधेशका मुख्यमन्त्रीसँग जनमत पार्टीले माग्यो स्पष्टीकरण
मधेश सरकारमा राज्यमन्त्री थपेको विषयलाई लिएर जनमत पार्टीले मुख्यमन्त्री सतिशकुमार सिंहसँग स्पष्टीकरण मागेको छ ।



