२ श्रावण २०८३, शनिबार

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै संचालन हुने

एसीपी संवाददाता

६ भाद्र २०८१, बिहीबार १०:१६ मा प्रकाशित

नेपालगञ्ज । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै संचालन हुने बताउनुभएको छ ।

कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा संचालन नहुने कुरामा आशंका गर्न नहुने उहाँले बताउनुभयो ।

नेपाल प्रेस युनियन बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री चौधरीले औपचारिक रुपमा समयमा प्रतियोगिता उद्घाटन हुन सकेन भने पनि त्यसका खेलहरु समयमै शुरु गरेर प्रतियोगिता संचालन गरिने स्पष्ट पार्नुभएको हो ।

सुर्खेतमा हुने प्रतियोगिताका खेलहरुका लागि निर्माणाधिन रंगशाला उत्कृष्ठ पुर्वाधारका रुपमा देखिने बताउँदै मन्त्री चौधरीले केही खेलहरु नेपालगञ्जमा गर्ने हो कि भन्नेसमेत छलफल भइरहेको जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको व्यवस्थापन गर्न गाह्रो हुने भएकाले केही खेलहरु नेपालगञ्जमा संचालन गर्ने कि भन्ने कुरामा आफुहरु छलफलमा रहेको बताउनुभयो ।

कर्णाली प्रदेशको सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका संचालन हुने भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x