२ श्रावण २०८३, शनिबार

महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसमा प्रस्ताव गरेको ‘एक्जिट पोलिसी’को अर्थ

एसीपी संवाददाता

१५ भाद्र २०८१, शनिबार ११:५९ मा प्रकाशित

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले केन्द्रीय समितिमा राखेका दुई फरक प्रस्तावमा सहमति जुट्न नसक्दा विवा सुरु भयो। त्यो विवाद समाधानका निम्ति र प्रस्ताव पारित गराउनका लागि सभापति शेरबहादुर देउवाले चरण–चरणमा महामन्त्रीद्वय, उपसभापतिसहितका बैठक राखेका थिए।

तर समाधान ननिस्किएपछि पदाधिकारी तथा पूर्वपदाधिकारीसहिको बैठक पनि राखेका छन्। यसकारण तत्कालका लागि स्थागित कांग्रेस केन्द्रीय समितिको बैठक निचोडमा पुग्न सकेको छैन।

महामन्त्री शर्माले पार्टीमा ‘एक्जिट पोलिसी’ प्रस्ताव गरेका थिए भने थापाले आगामी निर्वाचनमा गठबन्धन नगर्ने र महाधिवेशन ०८२ मंसिरभित्रै सम्पन्न गर्नुपर्ने सवाल उठाएका थिए। यी दुवै विषयमा सहमति हुन सकेको छैन। सहमतिको विन्दु खोजीका लागि शनिबार पनि सभापति देउवा निवास बुढानिलकण्ठमा छलफल चलिरहेको छ।

यद्यपि, शर्माले उठाएको एक्जिट पोलिसीको अर्थ के हो?

कांग्रेसमा लामो समयसम्म पनि नेताहरूले पद ओगटी रहेको र नयाँ पुस्ताले मौका नपाएको अवस्थामा निश्चित उमेरमा पार्टीबाट विदा लिनुपर्ने रणनीतिक प्रस्ताव नै एक्जिट पोलिसी हो। यसमा उमेरको हदबन्दी लागू गर्ने प्रस्ताव गरिएको छ।

‘७०–८० कति बर्षसम्म पार्टीको जिम्मेवार पदमा बस्ने हो? कति पटक सभापति हुने हो भन्ने विषयलाई यो प्रस्तावमा राखिएको छ, यसमा अहिले विवाद देखिएको हो’, एक नेता भन्छन्,‘त्यसको निकास र समाधानका निम्ति चरणबद्ध बैठक भइरहेका छन्।’

कांग्रेसका लागि यो नयाँ प्रस्ताव भए पनि अन्य दलले अभ्यासमा नल्याएको भने होइन। एमालेले यहि नीति अभ्यासमा ल्याएका कारण तत्कालिन नेता भरतमोहन अधिकारी निश्चित उमेरपछि निस्क्रिय भएका थिए।

यस्तो अभ्यास एमालेले विधानबाट नै गरेको छ। एमालेले ७० बर्ष कटेपछि पार्टीका महत्वपूर्ण भूमिकामा नरहने र राजनीतिबाट सन्यास नै लिनुपर्ने वैधानिक व्यवस्था लागू गरेको थियो। तर नेताहरूको इच्छाअनुसार यस्तो नीति विधानबाट हटाउने काम समेत हुने गरेको छ। विधान सम्मेलनले नै पारित गरेको यस्तो नीतिलाई केन्द्रीय समिति, स्थायी समिति वा सचिवालयको बैठक राखी खारेज गर्ने काम समेत हुँदै आएका छन्।

जे होस् शर्माको यो प्रस्तावमा भने केन्द्रीय सदस्यहरू विभाजित अवस्थामा छन्। तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको निधनअघिसम्म पनि उनी पार्टी सभापति रहेका थिए। यसैगरी सुशील कोइरालाको पनि सोही प्रकारको अवस्थिति थियो। यसले कांग्रेसमा प्रभाव राख्ने नेतृत्व भने समयमा नै उदाउन नसकेको शर्माको ठहर हुनुपर्छ, यसकारण यो प्रस्ताव केन्द्रीय समितिमा पेश भएको थियो। सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x