२ श्रावण २०८३, शनिबार

नेपालगञ्जमा मानव बेचविखन विरुद्ध तीज गीत प्रतियोगिता हुने

एसीपी संवाददाता

१८ भाद्र २०८१, मंगलवार ११:२६ मा प्रकाशित

नेपालगञ्ज । नेपालगञ्जमा मानव बेचविखन विरुद्ध तीज गीत प्रतियोगिता हुने भएको छ । १८औं मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा भदौ १८ गते मंगलबार तीज गीत प्रतियोगिता आयोजना गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा अन्तर्गत गठित नगर स्तरीय महिला बेचविखन विरुद्धको समितिको आयोजनामा हुन लागेको प्रतियोगितामा तीज लयमा मानव बेचविखन विरुद्धको सन्देश समेटिएको बढीमा १० मिनेटको गीत प्रस्तुत गर्न पाइनेछ । बागेश्वरी मन्दिर प्रांगणमा हुने प्रतियोगितामा एक वडाबाट एक टोली वा समूहलाई मात्र सहभागी गराइनेछ । एउटा समूहमा ५ देखि १० जना सदस्य रहन सक्नेछन् । समूह दर्ताका लागि भदौ १७ गतेसम्मको समय दिइएको महिला विकास अधिकृत मञ्जु पाण्डेले बताइन् ।

यही भदौ २० गते नेपालमा ‘तीनै तहको सरकारको प्रतिबद्धताः मानव बेचविखन विरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ १८औं मानव बेचविखन विरुको राष्ट्रिय दिवस मनाइँदैछ । त्यसको पूर्व सन्ध्यामा प्रतियोगिता गर्न लागिएको हो । त्यसकै तयारी स्वरुप आज नगर स्तरीय महिला बेचविखन विरुद्धको समितिको बैठक बसेको छ । नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा बसेको बैठकले दिवस संगसंगै तीज गीत प्रतियोगितालाई भब्यरुपमा सम्पन्न गर्ने निर्णय गरेको महिला विकास अधिकृत पाण्डेले बताइन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x