मंगलबारसम्म ४ सय ९६ वटा नमुना जाँच गरिएकोमा एक जनामा कोरोना सङ्क्रमण देखिएको र ती व्यक्ति निको भएका छन

मंगलबारसम्म ४ सय ९६ वटा नमुना जाँच गरिएकोमा एक जनामा कोरोना सङ्क्रमण देखिएको र ती व्यक्ति निको भइसकेको अधिकारीहरू बताउँछन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अनुसार मङ्गलबार २५ वटा नमुनाको जाँच भइरहेको छ र साँझसम्म त्यसको नतिजा आउने ठानिएको छ।
त्यसमा इटली र चीनबाट आएका पर्यटक अनि राजधानी बाहिरका विभिन्न स्थानबाट सङ्कलन गरिएका शङ्कास्पद् नमुना रहेका छन्।
‘गुणस्तरमा शङ्का गर्नुपर्दैन’
राष्ट्रिय जनास्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार विश्व स्वास्थ्य सङ्गठन(डब्लूएचओले) तोकेका मापदण्डका आधारमा नमुनाहरूको परीक्षण गरिएकाले अहिलेसम्म गरिएका सबै परीक्षणहरू विश्वस्नीय छन्।
उनी भन्छन्, “कोभिड-१९ जाँचको लागि डब्लुएचओले मान्यता दिएको मापदण्ड अनुसार विश्वभर गरिँदै आएको पिसिआर विधिबाटै हामीले परीक्षण गरिरहेका छौँ। हाम्रो आन्तरिक रूपमा पनि गुणस्तर सुनिश्चित गरिएकाले हाम्रो परीक्षण क्षमतामा प्रश्न उठाउने ठाउँ छैन।”
उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गरिएका नमुनामध्ये पाँचदेखि १० प्रतिशत थप परीक्षणका लागि डब्लूएचओको प्रक्रियाअनुसार सिङ्गापुर र थाइल्याण्डमा पठाउने गरिएको उल्लेख गरे।
कोरोनाभाइरस सङ्क्रमणको उपचार गर्न विभिन्न औषधि र खोपको परीक्षण
कोरोनाभाइरस सङ्क्रमण भएपछि मानिसको शरीरमा के हुन्छ
“प्राविधिक रूपमा हाम्रो जाँच दुरूस्त छ। शङ्का लागेर नमुना जाँच गराएका बिरामीहरू सङ्क्रमण नदेखिएपछि घर फर्किएर पनि सन्चै भएकाले हाम्रो जाँच एकदमै गुणस्तरीय छ भन्ने व्यावहारिक रूपमा नै प्रमाणित भएको छ।”
कोरोनाभाइरसको सङ्क्रमण जाँच्न रूघा वा ज्वरो जस्ता इन्फ्लुएन्जासँग मिल्दाजुल्दा लक्षण देखिएका व्यक्तिहरूका घाँटी र नाकबाट ‘स्वाब’ निकाल्ने गरिन्छ।
कोरोनाभाइरसतस्वीर कपीराइटGETTY IMAGES
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्रै अहिले उक्त परीक्षण उपलब्ध छ।
निशुल्क गराइने उक्त जाँचको परिणाम २४ देखि ४८ घण्टासम्म आउने प्राविधिकहरू बताउँछन्।
उक्त प्रयोगशालामा कोरोनाभाइरस जाँच्न सक्ने भनी डब्लुएचओले मान्यता दिएको बायोसेफ्टी ल्याबरेटरि २ र कोरोनाभाइरसभन्दा पनि घातक प्रकृतिका भाइरस जाँच्न सक्ने बायोसेफ्टि ल्याबरेटरि ३ सञ्चालनमा छन्।
नेपालका निजी अस्पताल वा प्रयोगशालाहरूमा त्यो सेवा उपलब्ध नरहेको राष्ट्रिय जनास्वास्थ्य प्रयोगशालाका प्राविधिक अधिकृत गुप्ता बताउँछन्।सभार बिबिसी न्युज