लुम्बिनीमा आयोजित दोस्रो भारत-नेपाल सांस्कृतिक महोत्सव
रुपन्देही – लुम्बिनीमा आयोजित दोस्रो भारत-नेपाल सांस्कृतिक महोत्सवको लुम्बिनी प्रदेशका माननीय प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, लुम्बिनी प्रदेशका माननीय उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपाने ,लुम्बिनी प्रदेशका माननीय सामाजिक विकास मन्त्री, जन्मजय तिमिल्सिना,लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा र ईन्डिया नेपाल का नियोग उप-प्रमुख प्रसन्न श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा बुटवलका मेयर, लुम्बिनी प्रदेशका पूर्व सांसदहरु, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीक्षक तथा नागरिक समाजका सदस्य एवम् वरिष्ठ भिक्षुहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा दुइवटा उत्कृष्ट प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो: @ICCROfficial द्वारा समर्थित भारतबाट आएको आठ सदस्यीय नृत्य टोलीले प्रस्तुत गरेको बौद्ध धर्ममा आधारित मनमोहक कथक नृत्य र स्वजन रघुवंशी र समूहद्वारा प्रस्तुत परम्परागत नेपाली नृत्य।
सो कार्यक्रम @IndiainNepal र लुम्बिनी विकास कोषले संयुक्त रूपमा आयोजना गरेको थियो ।




