नेकपाको महाधिवेशन चैत २५ देखि ३० सम्म गर्ने प्रस्ताव

समृद्ध नेपाल, सुखी नेपालीको आधार- सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार’
माघ १५,एजेन्सी — नेकपाको नारा : ‘कपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले ०७७ चैतमा महाधिवशेन गर्ने प्रस्ताव केन्द्रीय समितिमा राखेका छन् । बुधबारदेखि काठमाडौंको राष्ट्रियसभागृहमा सुरु भएको केन्द्रीय समिति बैठकमा दुवै अध्यक्षको तर्फबाट दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ०७७ चैत्र २५ देखि ३० सम्म राष्ट्रिय महाधिवेशनको मिति तय गरेका छन् । राष्ट्रिय महाधिवेशनअघि ०७७ भदौ देखि मंसिरसम्म सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा उल्लेख छ। मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी समिति बैठकमा राष्ट्रिय महाधिवेशनको मिति तय गर्न अध्यक्षद्वयलाई जिम्मेवारी दिएका थिए। स्थायी समितिमा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदनमा ०७७ चैतभित्र उल्लेख थियो। सोही प्रतिवेदनलाई परिमार्जित गरी दुवै अध्यक्षको तर्फबाट दाहालले केन्द्रीय समितिमा उक्त मितिसहितको प्रतिवेदन प्रस्तुत गरेका हुन्।