२९ माघ २०८२, बुधबार

गुल्जार–ए–अदब’को ५ सय ९० औँ मासिक तरही मुशायरा सम्पन्न ।

एसीपी संवाददाता

११ आश्विन २०८२, शनिबार १७:५४ मा प्रकाशित

नेपालगञ्ज, असोज ११
गुल्जार—ए—अदब नेपालगञ्जद्वारा आयोजित ५ सय ९०औं मासिक तरही मुशायरा नेपालगञ्जको महेन्द्र पुस्तकालयमा भव्यतापूर्वक सम्पन्न भएको छ ।

यसपटकको मुशायराको तरही मिसरा ‘यही चराग जलेगी तो रोश्नी होगी’ रहेको थियो ।   मुशायरामा ‘शायर’ कविहरुले आफ्नो गजलहरु प्रभावशाली शैलीमा प्रस्तुत गरेका थिए, जसलाई श्रोता तथा सहकर्मी कविहरुले निकै मन पराएका थिए । 
कार्यक्रमको शुभारम्भ हाफिज अहमद हुसैनले कुरान—ए—पाकको तिलावतबाट गरेका थिए ।
यस अवसरमा मित्र राष्ट्र भारत नानपाराबाट आएका शायर रोशन जमीर, अब्दुल शहीद खान र जरवलबाट अबुजर जौक जरवलीको विशेष उपस्थिति रहेको थियो । नेपालबाट प्रख्यात बुज्रुग शायर अब्दुल लतीफ शौक, सैयद अशफाक रसूल हाश्मी ‘सैयद नेपाली’ गुल्जार—ए—अदबका अध्यक्ष मुस्तफा अहसन कुरैशी ‘अहसन’, आदिल सरवर ‘सरवर नेपाली’ नुरुल हसन राई ‘नूर’, डाक्टर जैनुल आब्दीन, मेराज अहमद ‘हिमालय’, मोहम्मद आरिफ अन्सारी, समीर अली, नूर मोहम्मद अन्सारी, सैयद आसिम सरवर लगायतका शायरहरुले मिसरामा आधारित रहेर आफ्ना गजल प्रस्तुत गरेका थिए ।
शायरहरूले प्रस्तुत गरेका केही उल्लेखनीय गजलहरू यसप्रकार थिए । 
@तेरे गुरुर—व तकब्बुर मे कुछ कमी होगी, हमारी दिद तेरी असल बन्दगी होगी ।। (सैयद अशफाश रसूल हाशमी ‘सैयद नेपाली’)
@जिहालत ही छाई रही इस दुनियाँ मे, तो तिरगी है वह तिरगी होगी ।। (अब्दुल लतीफ ‘शौक’)
@पिलाती दूध जो बच्चों को बा—वजु होकर, ऐसे माओं की बच्ची तो शेरनी होगी ।। (डाक्टर जैनुल आब्दीन)
@जो दर्द—ए— गैर लिए ही गुजर रही होगी, गुलाब जैसी महेक्ती वह जिन्दगी होगी ।। (मुस्तफा अहसन कुरैशी ‘अहसन’)
@जो उनकी मस्त निगाहों से मैकशी होगी, फिर कहा“ होश की ता उम्र उराकुशी होगी ।। (अब्दुल शहीद खान)
@हरेक शाम फिर उस दिन से नग्मगी होगी, तेरी मकाँ मे जब तशरीफ आउरी होगी ।। (रोशन जमीर)
@गमे हयात से यह जंग आखरी होगी, कजा के बाद शुरु फिर से जिन्दगी होगी ।। (अबुजर जौक जरवली)
@हम जेब मे जब से गुलाब रख्ने लगे, कुछ खाब चमनका हिसाब रख्ने लगे ।। (सैयद आदिल सरवर ‘सरवर नेपाली’)
@अब इस के आगे नही कोई रहबरी होगी, तुम्हारे हाथों तुम्हारी ही जिन्दगी होगी ।। (मोहम्मद आरिफ अन्सारी)
@जमाना लाख बुरा चाहे इससे क्या होगा, जिन्हें खुदा के तर्फ से खुशी मिली होगी ।। (नूरुल हसन राई ‘नूर’)
@अजब ख्यालों की दुनिया सजी बनी होगी, हमारी रुह की चाभी वही टंगी होगी ।। (मेराज अहमद ‘हिमालय’)
@किताबे हक जो छुपाओगे तो कैसै रोशनी होगी । कत्लो गारत का तुफान हर सु बरपा है, थमेंगा कैसे गर सैतानों की रहबरी होगी ।। (सैयद आसिम सरवर)
@अपनी जुल्फों को हटा शहर उजाला कर दे, तेरे चेहरे से जमाने मे चाँदनी होगी ।। (समीर अली)
@हरेक राह पे फिर जाँ फिशानी होगी, यही चराग जलेगी तो रोश्नी होगी ।। (नूर मोहम्मद अन्सारी)
कार्यक्रममा विशेष मन्तव्य दिंदै डाक्टर उमेर सादिकले गुल्जार—ए—अदबका संस्थापकहरुको योग्दानको चर्चा गर्दै नयाँ पुस्ताले यस अदबलाई अगाडी बढाउने जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिनुभयो ।

यसै सन्दर्भमा, गुल्जार—ए—अदबका महासचिव मोहम्मद आरिफ अन्सारील प्रत्येक महिनाको अन्तिम शनिवार हुने नियमित गजल गोष्ठीलाई अझ अर्थपूर्ण बनाउनका लागि सम्पूर्ण गजलकार, कवि, साहित्यकार तथा गजलप्रेमीहरुलाई सक्रिय सहभागिता जनाउन हार्दिक निमन्त्रणा गर्दै, उर्दु गजललाई नया“ उचाईमा पुर्याउन सबैको संयुक्त प्रयास र निरन्तर उपस्थितिको आवश्यकता रहको बताउनु भयो । उहाँले आगामी गोष्ठीमा पनि भव्य सहभागिताका लागि विशेष आग्रह गर्नुभयो ।

कार्यक्रमा महेन्द्र पुस्तकालयका कार्यवाहक अध्यक्ष पंकज श्रेष्ठ, डाक्टर उमेर सादिक, महेन्द्र, राशिद कमाल, हाजी जाकिर हल्वाई, बब्बु फारुकी, सद्दाम हुसैन बाग्वान, सिराज सल्मानी, वकील, कुरैशी लगायतका व्यक्तित्वहरुको उल्लेनीय उपस्थिति रहेको थियो । मुशायराको अध्यक्षता वरिष्ठ शायर सैयद अशफाक रसूल हाश्मी ‘सैयद नेपाली’ले गर्नुभएको थियो भने सञ्चालन डाक्टर जैनुल आब्दीनले गर्नुभएको थियो ।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x