१२ कार्तिक २०८३, बुधबार

माओवादीले कानुनको धज्जी उडायो : सभामुख प्रचण्डको कार्यकर्ता, उपसभामुखहरु पार्टीको केन्द्रीय सदस्य

एसीपी संवाददाता

२१ पुष २०७८, बुधबार ०२:३८ मा प्रकाशित

नेकपा माओवादी केन्द्रबाट केही नेता स्वतन्त्र भएर पदमा पुगे पनि पार्टीप्रति बफादारी निभाउन भने छोडेका छैनन् । यसको प्रथम उदाहरण प्रतिनिधिसभा सभामुख अग्नि सापकोटा भइहाले । उनकै कारण अहिले प्रतिपक्षी एमालेले संसदसमेत अवरुद्ध गरिरहेको छ । सापकोटा माओवादी अध्यक्ष प्रचण्डको कार्यकर्ता बनेर संसदमा एकपक्षीय भूमिका निर्वाह गरिरहँदा दुई जना प्रदेश उपसभामुख भने पार्टीको केन्द्रीय सदस्य बनेका छन् । नेपालको संविधान कानुन र संसदीय नीति नियमको धज्जी उडाउँदै बागमतीकी उपसभामुख राधिका तामाङ र कर्णालीकी उपसभामुख पुष्पा घर्ती विष्ट केन्द्रीय सदस्य बनेका हुन् ।

गैरकानूनी गतिविधिमा संलग्न चिनियाँहरूको संलग्नता बढेसँगै सरकारको कडा एक्सन गल्ती गर्ने चिनियाँहरूमाथि कारबाहीको तयारी


उपसभामुख बन्दा पार्टीको सम्पूर्ण भूमिका छोडेर अलग भएर स्वतन्त्र भूमिकामा उपसभामुख भए पनि व्यवहार भने यो देखिएन । संसदीय परम्परामा सभामुख, उपसभामुख बनेपछि पार्टीको पदीय जिम्मेवारीबाट राजीनामा दिने र पछि संसदीय जिम्मेवारीबाट पदमुक्त भएपछि पुनः पार्टीको जिम्मेवारीमा फर्कने प्रचलन छ ।

महामारी नियन्त्रणको बहानामा भियतनाममाथि पनि अघोषित चिनियाँ नाकावन्दी


तर तामाङ र विष्ट भने पदमा रहँदै पार्टीको सक्रिय राजनीतिमा आएर संसदीय नियमलाई नै चुनौती दिएका छन् । यसविरुद्ध अदालतमा मुद्दा परे केन्द्रीय समिति नै अवैध ठहरिन सक्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x