१२ कार्तिक २०८३, बुधबार

एमसिसीलाई लिएर माओवादी केन्द्र पार्टीभित्र असन्तुष्टि

एसीपी संवाददाता

१८ फाल्गुन २०७८, बुधबार ०६:१४ मा प्रकाशित

काठमाडौं – नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक बोलाएको छ। माओवादी केन्द्रले शुक्रबार केन्द्रीय कमिटी बैठक बोलाएको हो।
बैठक शुक्रबार बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने माओवादीले जनाएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसी अनुमोदनका लागि समर्थन जनाएपछि पछिल्लो समय माओवादी केन्द्रभित्र विवाद बढेको छ।
व्याख्यात्मक घोषाणासहित एमसिसी अनुमोदनका लागि अध्यक्ष प्रचण्डले सहयोग गरेपछि नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेललगायतका नेताहरू असन्तुष्ट बनेका छन्।

व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन महाधिवेशनले दिएको म्यान्डेटविपरित रहेको भन्दै उनीहरू विरोधमा उत्रिएका छन्। ती नेताहरूले केन्द्रीय कमिटी बैठकमा व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदनको विषय उठाउने तयारी गरेका छन्।

एमसिसी अनुमोदनपछि पार्टीभित्र विद्रोहको संकेत देखेपछि अध्यक्ष प्रचण्ड असन्तुष्ट बनेका नेता श्रेष्ठसँग हात्तीवनस्थित उनको निवास पुगेर मंगलबार कुराकानी गरेका थिए।

बुधबार पनि प्रचण्डले नेता श्रेष्ठलाई भेटेर छलफल गर्ने बताइएको छ।

व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन महाधिवेशनको म्यान्डेटविपरित रहेको माओवादी नेता लिलामणि पोखरेलले बताए। ‘यसमा हाम्रो आपत्तिमात्रै होइन गम्भीर आपत्ति छ। यो महाधिवेशनले दिएको म्यान्डेटको विल्कुलै विपरित हो,’ पोखरेलले भने,‘केन्द्रीय कमिटी बैठकमा यो विषय जोरदार रूपले उठ्छ।’

महाधिवेशन सम्पन्न भएको तीन महिना भैसक्दा पनि माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छैन। शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकबाट पदाधिकारीसमेत चयन हुनसक्ने एक नेताले बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x