१२ कार्तिक २०८३, बुधबार

चीनीयाँ जासुसीको हद : ‘यौनसम्पर्क’ गरेर गोप्य सुचना संकलन गरी बेइजिङ पठाउने कर्तुतको पर्दाफास !

एसीपी संवाददाता

१९ फाल्गुन २०७८, बिहीबार ०३:१८ मा प्रकाशित

चीनले आफ्नो प्रभुत्व जमाउन विश्वभर जासुसहरुको परिचालन गरिरहेको कुरो आम हो । तर तिनको प्रस्तुति र गोप्य सुचना हासिल गर्ने तरिका कुन हद सम्म हुन सक्छ भने आंकलन गर्न पनि मुश्किल देखिन्छ । चीनीया सुरक्षा निकायले आफ्ना जासुसहरुलाई यौनकर्मीको रुपमा पठाउने गरेको खुलासा भएको छ ।

चीनीया पक्षले गर्ने गरेको हर्कतको बिषय बड़ो गम्भीर छ । उनको सुचना संकलन को तरीका यहाँ सम्म खतरनाक छ कि, सुन्दरिहरुको प्रयोग गरि अंतरंगका कृया मार्फत उच्चाधिकारीहरु लोभ्याउने गरेका छन ।

चिनियाँ जासूसको अत्यन्तै भद्दा कर्तुतको पर्दाफास अमेरिकी समाचारहरुमा भएको छ । ‘यौनसम्पर्क’ गरेर गोप्य सुचना संकलन गरेर बेइजिङ पठाउने गरेको खुलासा भएको हो ।
यसै बर्ष मंसिर तिर प्रकाशमा आएको यो खतरनाक बिषयले  विश्व राजनीति र त्यसको सुरक्षाको दृष्टिले गम्भीर तुल्याएको थियो ।

अमेरिकी नेताहरूसँग ‘यौनसम्पर्क’ गरेर गोप्य सुचना संकलन गर्दै बेइजिङ पठाउने गरेको खुलासा भएको हो । अक्सिओडटकमको रिपोर्टका अनुसार चिनियाँ गुप्तचर एजेन्सीको लागि काम गर्ने फांग फांग या क्रिस्टीन फांग करीव ५ बर्ष अमेरिकामा बसिन् र यस समयमा उनले धेरै नेताहरूसँग ‘यौनसम्पर्क’ राखिन्।

उनी धेरै अमेरिकी नेताहरुलाई चुनावमा रकम जुटाउन पनि मद्दत पुर्‍याएकी थिइन् । क्यालिफोर्निया, संयुक्त राज्य अमेरिकामा बसोबास गरिरहेका उनी एफबी आई पुग्न सक्दछन भन्ने महसुस हुँदा अमेरिकाबाट भागीन् ।

फांग फांग या क्रिस्टीन फांगले अमेरिकी संसदको सबैभन्दा कान्छो सदस्यको नजिक जान पनि खोजे। अमेरिकी सांसद एरिक स्वावलको पुनः चुनावको समयमा उनलेले रकम जुटाउन सहयोग गरेको थियो भनि कुरा बाहिरिएको छ ।

एफबीआई अचानक फांग फांग या क्रिस्टीन फांगको बारेमा तब थाहा पायो जब एजेन्सीले अर्को व्यक्तिको अनुसन्धान गरिरहेको थियो। उनको बारेमा गरिएको खुलासाले चीनले कुन हदसम्म अरु देशहरुमा सूचना संकलन गर्न कोशिस गरिरहेको छ भन्ने हामी सबैमा बुझन जरुरी छ ।

अमेरिका जस्तो सुरक्षित र उच्च शासकीय प्रणाली रहेको मुलुकमा यस्तो भयावह तरिकाले जासूसी जाल बुन्न सकिन्छ भने नेपाल लगायतका छिमेकी देशहरुमा अहिले उसको प्रभावको बढिरहेकोमा कारण अनुमान गर्न अप्ठेरो नहुनु पर्ने हो । नेपालमा सरेआम घुमिरहेका चीनीयाँ जासुस देखी सचेत रह्न मुश्किल त छ नै । यहाँका राजनीतिक र प्रशासनिक रुपमा जिम्मेवार निकायहरुमा उनको पहुँचको कुरो त उठिरहेकै हुन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x