१२ कार्तिक २०८३, बुधबार

एमसीसीले विकास र रोजगारी बढाउने प्रधानमन्त्रीको विश्वास, अब छिमेकी देशबाट पनि ठूलो अनुदान आउने

एसीपी संवाददाता

२६ फाल्गुन २०७८, बिहीबार १०:२८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी अनुदान सहायता एमसीसी सम्झौता परियोजनाले नेपालको विकास र समृद्धिमा टेवा पुर्याउने बताएका छन् ।

कांग्रेस पर्साका नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई बिहीबार वीरगन्जमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीले विकास र रोजगारीको द्वार खोल्ने बताए ।

देउवाले सबै दलको सहयोगमा एमसीसी पारित भएको उल्लेख गर्दै भोलिका दिनमा अरु देशको पनि अनुदान आउन आधार बन्ने बताए । ‘यो ठूलो विकास परियोजना हो। विकास भयो भने रोजगारी बढ्छ । हाम्रो देश भारत र चीनको बीचमा छ । दुवै देशबीच अनुकूल सम्बन्ध राखेर राष्ट्रिय हितमा अघि बढ्नुपर्नेछ,’ उनले भने ।

उनले अब भारत र चीनजस्ता छिमेकीबाट पनि ठूलो अनुदान आउने र नेपाल समृद्ध बन्न सहायता पुग्ने विश्वास व्यक्त गरे । देउवाले आफू प्रधानमन्त्री बनेपछि डरत्रासको स्थितिबाट देशले मुक्ति पाएको र लेख्ने/बोल्ने स्वतन्त्रा पाएको पनि बताए ।

देउवाले चुनाव आइसकेको भन्दै तयारी गर्न पार्टीपंक्तिलाई निर्देशन दिए । ‘साथीहरुलाई म चुनावी तयारीमा लाग्न अनुरोध गर्दछु’, उनले भने ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x