१२ कार्तिक २०८३, बुधबार

ताईवान् व तिब्बती माथी हमला गरे अमेरिकी सेनाले कडा जवाफ् दिने भनाइ प्रति चीनको आपत्ति

एसीपी संवाददाता

१० जेष्ठ २०७९, मंगलवार ०२:२९ मा प्रकाशित

एजेन्सी =  ताइवानको सुरक्षामा अमेरिकी सेनाको प्रयोगबारे अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइप्रति चीनले कडा आपत्ति जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्नो देशको सार्वभौमसत्ता र क्षेत्रीय एकतामा कुनै सम्झौता नगर्ने बताएका छन् ।

वाङ यीले चिनियाँ नागरिकको संकल्पलाई कसैले पनि कम आँकलन गर्ने गल्ती गर्न नहुने बताए ।  चीनले बाइडेनको भनाइप्रति गहिरो असन्तुष्टि व्यक्त गरेको छ । चिनियाँ विदेशमन्त्रीले चीनले आफ्नो सार्वभौमसत्ताको रक्षाका लागि ठोस कदम चाल्ने बताए ।

वाङ यीले भने, ‘हामीले जे भनिरहेका छौँ, त्यो चीनले जसरी पनि पूरा गर्नेछ ।’ अमेरिकी राष्ट्रपति जो बाइडेन क्वाड गुटको अध्यक्ष बनेपछि पहिलो पटक जापान पुगेका छन् । क्वाडमा अमेरिकाबाहेक जापान, अस्ट्रेलिया र भारत छन् । बैठकमा बाइडेनका अलावा जापान, अष्ट्रेलिया र भारतका प्रधानमन्त्री पनि सहभागी हुनेछन् ।

बाइडेनले सोमबार जापानका प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन गरिरहेका थिए । यसै क्रममा एक पत्रकारले उनलाई ताइवानमा आक्रमण भए अमेरिकाले समर्थन गर्छ कि गर्दैन भनेर सोधेका थिए । जवाफमा, बिडेनले ‘गर्छौँ’ भन्ने जवाफ दिए । बाइडेनले  विगतमा पनि यसका लागि आफूले प्रतिबद्धता जनाएका थिए ।

बाइडेनले भने, ‘हामी एक चीन नीतिमा सहमत छौँ । हामीले यो नीतिमा हस्ताक्षर गरेका छौं । तर ताइवानलाई बल प्रयोग गरेर चीनसँग मिलाउन सकिँदैन ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले गत वर्ष अक्टोबरमा चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थिए । राष्ट्रपति बाइडेनले ताइवानमा अमेरिकाको पुरानो अडानबाट फरक लाइन लिएर यो बयान दिएका थिए ।

अमेरिकी राष्ट्रपतिलाई अमेरिकाले ताइवानको रक्षा गर्छ कि गर्दैन भनेर सोध्दा बाइडेनले भने, ‘हो, हामी त्यसो गर्न प्रतिबद्ध छौँ ।’ तर पछि ह्वाइट हाउसका प्रवक्ताले अमेरिकी सञ्चारमाध्यमलाई भने, ‘यो टिप्पणीलाई नीतिमा परिवर्तनको रुपमा हेर्नु हुँदैन ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x