१२ कार्तिक २०८३, बुधबार

युवा पुस्ता बिग्रेकाे भन्दै चिनियाँ गेम पब्जी बन्द गर्न संसदमा उठ्यो आवाज

एसीपी संवाददाता

२७ जेष्ठ २०७९, शुक्रबार ०८:२८ मा प्रकाशित

काठमाडौं । चिनियाँ गेम पबजीले युवा पुस्तालाई विगारिरहेकाे भन्दै संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ ।
पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो ।

बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् ।

छिमेकी देशमा भारतमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा पनि पब्जी बन्द गर्न माग गरिन् । पब्जीबाट युवा पुस्ता बिग्रिएको भन्दै उनले पब्जी बन्द गर्न माग गरेकी हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x