१२ कार्तिक २०८३, बुधबार

संकटग्रस्त श्रीलंकामा चिन विरोधी प्रदर्शन

एसीपी संवाददाता

२८ जेष्ठ २०७९, शनिबार १७:१३ मा प्रकाशित

चिनियाँ स्वार्थको सिकार बनेर चरम समस्या झेलिरहेका श्रीलंकनहरुले चिन विरुद्ध प्रदर्शनमन उत्रिएका छन् ।
श्रीलंकाको आर्थिक ब्यबस्था खराव हुनुमा चीनिया ऋण नै प्रमुख कारण रहेको भन्दै श्रीलंकालि जनतामा चीन प्रती ठूलो आक्रोश पैदा हुन थालेको छ।

श्रीलंका सङ्ग चिनको ऋण मात्र छ बिनियन डलर अर्थात कुल ऋणको दस प्रतिशत भन्दा बढी रहेको छ।

श्रीलंकाले चीनिया ऋणको सावा र ब्याज भुक्तानी गर्न मात्र यो बर्ष ६.९बिलियन डलर चाहिन्छ जुन वैदेशिक मुद्दाको सन्चितिले धान्न सक्ने अबस्था छैन ।

श्रीलंकामा बिगत ९ महिना भन्दा बढी समय देखि आर्थिक आपतकाल जारी रहेको छ।श्रीलंकामा गत बर्षको अप्रिल देखि अर्थतन्त्रमा अस्वाभाविक असन्तुलन देखा पर्न थाल्यो त्यस्को दुई महिना पछि बाट त्यस्तो असन्तुलन भयानक समस्या र अकल्पनीय आर्थिक दुरदशा तिर लाग्यो ।

यो जटिल आर्थिक संकट बाट सरकार मात्र हैन त्यहाँका करोडौं जनताको दैनिक जीवन नै संकट ग्रस्त हुँदै गयो।दैनिक उपभोग्य बस्तुको चरम अभाव,इन्धन अभाव ,स्वास्थ सामाग्री ,औसधि लगायतका अत्यावक बस्तुहरुमा देखिएको चरम अभावले जनता लाई अक्रान्त बनाएपछी सडकमा आन्दोलन सुरु भयो।

जनताको आन्दोलन सरकार सङ्ग मात्र नभएर चीन विरुद्ध पनि आक्रोश बढ्न थालेको छ।चरम आर्थिक संकटमा परेको श्रीलंकामा चिनको ऋण नै मुख्य कारण रहेको त्यहाँका जनता हरुमा छाप परेकोले गर्दा चीन प्रतिको आक्रोश बढेर गएको छ।चीनिया ऋणले नै श्रीलंका संकटमा परेको भन्दै दिनहु बिरोध प्रदर्सन हरु भैरहेका छ्न।पुर्बाधार बिकासका लागि चीनिया ऋण श्रीलंकाका लागि  गल पासो साबित भएको छ उस्ले तिर्न नसक्ने ऋण लिदा नै संकट थपिएको हो ।

हालै मात्र चिनले श्रीलंकाको वैदेशिक सेवा संधका ब्यक्तिहरुलाइ रासन बाड्न खोजेको थियो त्यस्को समेत श्रीलंकाले जनता द्वारा कडा बिरोध भएको छ,बिदेश सेवाका अधिकारी हरुलाई चिनले प्रभावमा पार्न खोजेको भन्दै बिरोध चर्किएको हो ।श्रीलंकामा कोलम्बो क्याजेटले चीनिया कम्युनिस्ट पार्टीको ट्रेडमार्क भएको ब्यागमा राखेर रासन बाडेको कारणले त्यहा चिनको कडा बिरोध गरेको छ।

कोलम्बो ग्याजेटले चीनिया रासनलाइ घुस सङ्ग तुलना गरेको छ।चिनले वि.आर.आइ को पक्षमा राजनैतिक दलका नेता देखि उच्च कर्मचारी लाई समेत आफ्नो पक्षमा पार्न रणनीतिक रुपमा रासन बाडिरहेकोले श्रीलंकालि जनताले बिरोध गरेको जनाइयको छ।बन्दरगाह लगायतका पुर्बाधार बनाउन चिनले दिएको महङ्गो ऋणले श्रीलंका ऋणको जालोमा परेको श्रीलंकालि जनताको बुझाइ रहेको छ।यहि कारणले गर्दा हालै का दिनहरुमा चीन सरकारले बाडी रहेको राहत र सहयता कार्यक्रम हरुलाइ श्रीलंकालि जनताहरुले अस्विकार गर्दै आइरहेका छन र यस्तो चीनिया गतिविधिको बिरोध भैरहेको छ।

श्रीलंकामा सरकार बिरोधि प्रदर्सन हरु भैरहेका छन विभिन्न सहरका मुख्य सडकहरुमा हजारौं जनताले सरकार र खराव चीनिया ऋणको सशक्त बिरोध गरिरहेका छ्न।

श्रीलंकालि जनताले अर्थतन्त्र लाई कु प्रथाले घेरेको  कारण अत्यावश्यक बस्तुका चरम अभाव र इन्धनको अभावको मार जनताले भोग्न बाध्य भएको र यस्मा प्रत्यक्ष सम्लग्न चीनिया ऋणको हात रहेको आरोप लगाइरहेका छ्न।अहिलेको यो विषम परिस्थितिले श्रीलंकाको आर्थिक क्षेत्र मात्र नभई राजनैतिक अबस्थालाई समेत अन्योल ग्रस्त बनाइदिएको छ ।

अधिकास श्रीलंकालि नागरिकहरुले ठुला स्तरमा  प्रयोग बिहिन समरचना हरु निर्माण र फेरि चीन सरकार सङ्ग ऋण थप गर्न श्रीलंकाले गरेको अपिल लाई समेत ससक्त बिरोध गरिरहेका छन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x