३ भाद्र २०७९, शुक्रबार

आईएमएफको फण्ड लिन पाकिस्तानले अमेरिकालाई सुम्पियो अलकायदा नेता, आईएसआई र सेनाको भुमिका शंकास्पद!

एसीपी संवाददाता

१८ श्रावण २०७९, बुधबार ०६:१८ मा प्रकाशित

एजेन्सी  । अमेरिकाले आफ्नो एक सीक्रेट मिसनलाई निष्कर्षमा पुर्‍याउँदै ९/११ हमलाका दोषी अलकायदा चीफ अयमान अल जवाहिरीलाई मारेको छ । अमेरिकाको तर्फबाट यो मिसन ड्रोनका माध्यमबाट सम्पन्न गरिएको हो । जवाहिरी अफगानिस्तानको काबुलमा गोप्य स्थानमा लुकेका थिए । अब यो हमलाका पछाडि पाकिस्तानको हात भएको संकेत पनि मिलेको छ ।

किनकी पाकिस्तानलाई आफ्नो आर्थिक संकटको सामना गर्नका लागि इन्टरनेशनल मनिटरी फण्ड अर्थात आईएमएफबाट फण्डको जरूरत छ, जो आईएमएफले दिन इन्कार गरिदिएको छ । यसलाई लिएर पाकिस्तानका आर्मी चीफ कमर जावेद बाजवाले पनि अमेरिकी उप विदेश मंत्रीसँग कुराकानी गरेका छन् । यसबीच अमेरिकातर्फबाट जवाहिरीलाई मारिएको छ ।

पाकिस्तानको खुफिया एजेन्सी आईएसआईका प्रमुखले केही दिनअघि अमेरिकाको भ्रमण गरेका थिए । यो भ्रमणामा आतंकवादी जवाहिरीको विषयमा पनि छलफल भएको बुझिएको छ । उता पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवाले दुई दिनअघि अमेरिकाका डिप्टी विदेश मंत्री वेंडी शरमनसँग कुराकानी गरेका थिए । सेना प्रमुखले आइएमएफले पाकिस्तानलाई ऋण दिन अस्विकार गरेको भन्दै आईएमएफको फण्ड दिलाइदिनका लागि अनुरोध गरेका थिए । पाकिस्तानले मागेको फण्ड १.२ अर्ब डलरको हो ।

यसमा पूर्वप्रधानमन्त्री इमरान खानले यो काम प्रधानमन्त्रीको भएको भन्दै सेना सक्रिय भएको बताए । उनले अर्थव्यवस्था सुधार्ने जिम्मेवारी सरकारको भएको र सेना सक्रिय हुनु आपत्तिजनक रहेको खानको भनाइ छ ।

३० जुलाईमा पाकिस्तानी सेना प्रमुख कमर जावेद बाजवाले अमेरिकाका टप कमांडर जनरल माइकल एरिक कुरिल्लासँग पनि कुराकानी गरेका थिए । योभन्दा पहिला अलकायदा प्रमुख जवाहिरीलाई पाकिस्तानबाट अफगानिस्तानको काबुलमा शिफ्ट गरिएको थियो । जबकि जवाहिरी कैयौ वर्षदेखि पाकिस्तानमा लुकेर बसेका थिए । पाकिस्तान ओसामा बिन लादेनलाई शरण दिँदा लागेको दाग जवाहिरीका कारण नदोहोरियोस् भन्ने चाहन्थ्यो । जवाहिरी इन्काउन्टरमा मारिएसँगै अब आईएमएफले पाकिस्तानलाई चाँडै ऋण उपलब्ध गराउने भएको छ । यसै हप्ता आईएमएफले प्रक्रिया शुरू गर्ने बताइएको छ ।

पाकिस्तानको प्रमुख अखबार डनकाअनुसार आईएमएफको तर्फबाट पाकिस्तानलाई दिनुपर्ने ६ अर्ब डलरको कुल कर्जाको सातौ र आठौ किस्ता यसै साता मिल्न सक्छ । यी घटनाहरुले जवाहिरीको मृत्युको पूरा खेल आईएमएफ फण्डका कारण खेलिएको संकेत गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x