४ जेष्ठ २०८१, शुक्रबार

पाकिस्तानमा इमरान खानको पार्टीले विदेशबाट पैसा लिएको ठहर

एसीपी संवाददाता

१८ श्रावण २०७९, बुधबार ०८:३१ मा प्रकाशित

एजेन्सी –  पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तहरिक ए इन्साफ पीटीआईले विदेशबाट गैरकानूनी रकम लिएको ठहर गरेको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजाको नेतृत्वमा गठित ३ सदस्यीय समितिले पीटीआईले कानून विपरीत विदेशी संघ संस्था र व्यक्तिबाट रकम लिएको ठहर गर्दै त्यो रकम किन जफत नगर्ने भनेर स्पष्टिकरण सोधेको छ ।  पीटीआईका संस्थापक सदस्य अकबर एस बाबरले दायर गरेको उजुरी सन् २०१४ देखि आयोगको विधाराधीन थियो ।उजुरीमा सुनुवाइपछि आयोगले भनेको छ, ‘पार्टीले संविधानको उल्लंघन गरेको छ, उसले ३४ वटा विदेशी संगठनबाट रकम लिएको छ, जुन पाकिस्तानको कानून विपरीत छ ।’ पीटीआईले अमेरिका, अष्ट्रेलिया तथा यूएईमा रहेका संघ संस्थाबाट रकम लिएको थियो । आयोगले इमरान खानले पाकिस्तानी कानून अनुसारको आफ्नो जिम्मेवारी पूरा गर्न पनि असफल भएको ठहर गरेको पाकिस्तानी अनलाइन डनले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x