कांग्रेसका अन्तर्घाती अमरेशकाे ओलीसँग उठबस : बालकाेटबाट निर्देशन लिँदै देउवाविरूद्व विषवमन गर्दै
काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले मंगलबार आफ्नै पार्टीको सरकारले ल्याएकाे बजेटकाे आलाेचना गरे । विगतमा ओलीले आफ्नाे पार्टी निकट घराना च्याप्दा चुइक्क नबाेलेका अमरेशले आफ्नै पार्टीका सभापति नेतृत्वकाे सरकारले ल्याएकाे बजेटमा सीमित घरानालाई पाेसेकाे झुठा आराेप लगाए ।
त्यस्तै बुधबार राज्य व्यवस्था समितिमा अमरेशले आफूविरूद्व सरकारले जासुसी गरेकाे भन्दै अर्काे फण्डा फ्याके । राज्यले सुराकी गर्दा स्वतन्त्र राजनीतिक गतिविधि गर्न नपाएकाे र एनआईडी खटाइदिँदा प्रतिपक्षी दलका नेता केपी ओलीसहित अरू दलका नेता भेट्न नपाएकाे आराेप उनले लगाए ।
यी त उदाहरणमात्रै हुन् । पछिल्लाे समय अमरेशले आफ्ना पार्टीका सभापती शेरबहादुर देउवा प्रधानमन्त्री भएर नेतृत्व गरिरहेकाे सरकार र पार्टी नेतृत्वविरूद्व निरन्तर बाेल्दै हिँडेका छन् ।
सर्लाहीबाट महाधिवेशन प्रतिनिधि हारेकाे, फर्जी क्रियाशील सदस्यता थप्न नपाएकाे, सर्लाही कांग्रसकाे नेतृत्वबाट पकड गुमेकाे झाेंकमा मुरमुरिएका अमरेशले स्थानीय निर्वाचनमा अन्तर्घात गरेर कांग्रेसलाई हराउन भूमिका खेलेका थिए ।
उनै अन्तर्घाती अमरेशकाे आजकल प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग उठबस रहेकाे खुलेकाे छ । सरकारविरुद्ध उनकाे बाेली र ओलीकाे बाेलीले उठबस देखाइदिएकाे हाे ।
बिहीबारमात्रै ओलीले पनि राज्यले आफ्नाे सुराकी गरेकाे आराेप लगाएका थिए । अमरेशले आफू राजनीतिज्ञ भएकाले ओलीलाई भेट्न बालकाेट जाने भन्दै त्यसमा राज्यले जासुसी गर्दा स्वतन्त्र राजनीतिक गतिविधि गर्नमै अफ्ठेराे भएकाे यसअघि आराेप लगाएका थिए ।
यसरी ओलीसँग मिलेर काँग्रेसमा विध्वंस मच्चाउने काममा अमरेश लागेका छन् । `अमरेशजी ओलीकै लाइनमा गएछन् । ओलीकै शैलीमा कांग्रेसका नेताहरूलाई गाली गर्ने, पार्टी नेतृत्वकाे सरकारकाे बजेट र अर्थतन्त्रविरूद्व जथाभावी बाेल्ने गरिरहेका छन्´ काँग्रेसका एक नेता भन्छन् ।
स्राेतका अनुसार अमरेश हप्तामा दुई/तीन पटक बालकाेट पुगेर सल्लाह लिने र ओलीकाे निर्देशनमा आफ्नै पार्टी विरूद्व विषबमन गर्ने, प्रतिपक्षीजस्ताे भएर नेतृत्वकाे दाहाेलाे काड्ने काम गरिरहेका छन् ।


