१४ बैशाख २०८१, शुक्रबार

अमेरिकाबाट त्रास खाएको चिनले केही सम्बन्ध बिछेद

एसीपी संवाददाता

२४ श्रावण २०७९, मंगलवार ०६:४३ मा प्रकाशित

बेइजिङ । अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई देखाउँदै चीनले अमेरिकासँगको केही महत्वपूर्ण वार्ताहरू निलम्बन गरेको छ । जलवायु परिवर्तन, सैन्य सम्बन्ध र लागुऔषध विरोधी प्रयासका विभिन्न विषयमा संयुक्तराज्य अमेरिकासँगको वार्तालाई तत्कालका लागि निलम्बन गरेको चीनले शुक्रबार बताएको छ ।

बेइजिङ र वासिङ्टनबीचको सम्बन्धमा तनाव आइरहेका समय यो घोषणा गरेको हो । चीनले सभामुख पेलोसीलाई ताइवानलाई महत्व दिएर ‘एक चीन नीतिविरूद्ध’ भ्रमण नगर्न दिएको सुझाबलाई उल्लङ्घन गरेमा यसको सशक्त प्रतिकार गर्ने बताउँदै आएको थियो । पेलोसीको ताइवान भ्रमणसँगै रुष्ट चीनले अमेरिकासँग माथि उल्लेखित बिषयमा गरिरहेको सहकार्यलाई निलम्बन गर्ने बताएको हो ।  चीनले ताइवानको तट नजिकैको छ क्षेत्रमा बिहीबार चेतावनीस्वरूप सैन्य अभ्यास सुरु गरेको थियो जुन आइतबारसम्म चल्नेछ ।  ताइवानी प्रतिरक्षा अधिकारीहरूले सञ्चार माध्यमलाई बताएअनुसार ताइवानमाथि पनि चिनियाँ क्षेप्यास्त्र प्रहार गरिएको उल्लेख छ । चीनले विदेशी सरकारहरूलाई चीनको अनुमतिबिना स्वतन्त्ररूपमा ताइवानसँग सम्बन्ध नबडाउन आग्रह गर्दै आएको छ । पेलोसी भ्रमणप्रति चीनको प्रतिक्रिया असामान्य देखिएको छ ।

अवैध आप्रवासीलाई फिर्ता गर्ने, आपराधिक अनुसन्धान, पारराष्ट्रिय अपराध, अवैध लागुऔषध र जलवायु परिवर्तन सम्बन्धमा सहकार्य गर्ने सहमति निलम्बन गरेको चीनको विदेश मन्त्रालयले जनाएको छ ।

पेलोसीले ‘चीनको बलियो विरोध र गम्भीर प्रतिनिधित्वको उपेक्षामा’ ताइवान भ्रमण गरेकोले यो कार्य गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x