१२ कार्तिक २०८३, बुधबार

सर्वहारा प्रचण्डको ६ कठ्ठामा बन्यो घर, सयौं सर्वसाधारणलाई घन्टौं लाइन लगाएर गृह प्रवेश

एसीपी संवाददाता

१५ आश्विन २०७९, शनिबार ०९:४६ मा प्रकाशित

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ घरमा सरेका छन् । उनी आफ्नो पुर्ख्यौली जग्गामा बनेको नयाँ घरमा सरेका हुन्।

प्रचण्डले आफ्नो नाममा एक कठ्ठा जमिन भएको बताउँदै आएका छन् । तर उनी सोमबार घटस्थापनाको दिन साइत हेरेर भरतपुर महानगरपालिका–१४ स्थित शिवनगरमा बनेको एक तले नयाँ घरमा पत्नी सीता दाहालसहित सरेका हुन्।

६ कठ्ठामा बनेको नयाँ घरमा सर्ने बेला उनले सयौं स्थानीयलाई घन्टौं कुराएर हात मिलाउँदै राजशैली ढंगले प्रवेश गरेका थिए । पानी परिरहँदा पनि सर्वसाधारण प्रचण्डको स्वागतमा लाइनमा बसेका थिए ।

सर्वहारा वर्गका महान नेता मानिएका प्रचण्डको यो शैलीलाई सामन्ती संस्कार मानिएको छ । प्रतिनिधि सभाको निर्वाचन आउँदै गर्दा प्रचण्डको एक तले नयाँ घर सराइलाई अर्थपूर्ण मानिएको छ।

मंसिर ४ को निर्वाचन नजिकिएसँगै प्रचण्ड आफ्नो क्षेत्रमा केन्द्रित छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x