१८ श्रावण २०८३, सोमबार

काम बिगार्ने र बढी समय लगाउने चिनियाँ कम्पनीलाई अन्तिम चेतावनी

एसीपी संवाददाता

२७ आश्विन २०७९, बिहीबार ०७:२१ मा प्रकाशित

काठमाडौं। नेपालमा विभिन्‍न आयोजनामा काम गरिरहेका चिनियाँ कम्पनीहरुले काममा ठगी गर्ने गरेका छन्। उनीहरुले नेपालमा रहेर काममा बढी समय लगाएर लागत बढाउने र काम अधुरो गरेर छोड्ने गरेका छन्।

चिनियाँ कम्पनीहरुको यस्तो रबैयाका कारण नेपाल सरकार आक्रोशित बनेको छ। यतिमात्र नभएर चिनियाँ कम्पनीका काम गर्न आएका मजदुरहरुले विभिन्‍न अपराधिक गतिविधहरुमा पनि संलग्न हुने गरेका छन्।

पछिल्लो समय ढिलो काम गरेको र सहीरुपमा काम नगरेको भन्दै नारायणगढ–बुटवल सडक योजना कार्यालयले चाइना स्टेट कन्स्ट्रक्सन कम्‍पनीलाई कार्य सुधारको र कार्य गतिको लागि अन्तिम मौका दिएर सूचना जारी गरेको छ।

नारायणगढ–बुटवल सडक विस्तारमा पटक–पटक ताकेता गर्दा पनि काममा ढिलाइ गरेपछि गत आइतबार नारायणगढ–बुटवल सडक योजना कार्यालयले कडा चेतावनीसहित सूचना जारी गरेको छ।

१ सय ३३ किलोमिटर दूरी रहेको यस आयोजनाको आर्थिक वर्ष ०७५/७६ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको थियो। करार सम्झौताअनुसार निर्माणको काम ०७९ साउन २२ भित्र सकिसक्नुपर्ने हो।

तर, निरन्तर म्याद थप गर्दा पनि कार्यशैलीमा सुधार नगरेको सडक विभागले जनाएको छ। सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कार्यसुधारको लागि यो अन्तिम मौका भएका बताए।

‘धेरै पटक ताकेता गरिएको छ, अहिले सर्वसाधारणले धेरै दु:ख पाएका छन्। दसैँलाई लक्षित गरेर काम गर्न पनि भनियो केही सुधार देखिएको छैन’, उनले भने ‘अब अन्तिम मौका हो।

मेसिन र जनशक्ति बढाएर छिटो काम सक्नेतर्फ केन्द्रित नभए ठेक्का तोड्नैपर्ने हुन्छ।’ सूचना अनुसार यो समय कात्तिक १ गतेसम्मको लागि दिइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x