११ कार्तिक २०८३, मंगलवार

सेनालाई मोदीले खुवाए मिठाई, गाए गीत

एसीपी संवाददाता

८ कार्तिक २०७९, मंगलवार १०:०४ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सैनिक जवानलाई मिठाई खुवाउनुका साथै गीत गएका छन् ।

सैनिक जवानहरूसँग दीपावली मनाउन कारगिल पुगेका नरेन्द्र मोदी सोमबार ‘वन्दे मातरम्’ राष्ट्रिय गीतका साथ विशेष गाएका हुन् । एक भिडियोमा जवानहरूले वन्दे मातरम् गीत गाउँदै गर्दा प्रधानमन्त्री ताली बजाउँदै तथा गाउँदै गरेको देखिए । मोदी मञ्चको मध्य भागमा उभिएको तथा केही जवान गितार र अन्य बाजा बजाइरहेका देखिन्छन् । प्रधानमन्त्री मोदी कारगिलमा सैनिक जवानहरूसँग दीपावली मनाउन सोमबार यहाँ पुगेका थिए ।

प्रधानमन्त्रीले विगत केही वर्षदेखि सैनिक जवानसँग चाडपर्व मनाउँदै आएका छन्।

मोदीले आफ्नो भ्रमणका क्रममा भारतीय सेनालाई मिठाई समेत बाँडे । मोदीले भने ‘आज, कारगिलको विजयी भूमिबाट । म भारत र विश्वका सबैलाई दीपावलीको धेरै धेरै शुभकामना व्यक्त गर्दछु।’ उनले सेनाका जवानलाई मिठाई बाँड्नका साथै कारगिल युद्ध स्मारकमा माल्यार्पण गरेका थिए ।

सन् १९९९ मा पाकिस्तानसँग भएको युद्धमा पाँच सय २७ जना भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त युद्धमा ज्यान गुमाएका सेनाका जवानप्रति पनि उनले श्रद्धाञ्जली अर्पण गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x